सञ्चारकर्मीआशिष मालका ५ मुक्तक

१  के सोचेको थिए जीवनमा के भएर गयौ ।
मेरै भनी सोचेको थिए जीवनमा के भएर गयौ ।।
सुख दुख जे जस्तो भएनी संघर्ष नै हो जिबन ।
सिङगारी कि गाडी चढी अर्कैकी भएर गयौ ।।

२ हिजो अस्ति जे जस्तो भयो मिलेर अगाडि बढाैँ ।
हिजो अस्ति गल्ती मेरै भयो मिलेर अगाडि बढाैँ ।।
तिमी मेरी म तिम्रो भनेर खाएका बाचा कसम ।
सबै गल्ती आत्म साथ गरि मिलेर अगाडि बढाैँ ।।

३ लाग्दैछ यतिबेला जहर पिएर बाँचिरहेको मान्छे हुँ म ।
हातमा मृत्युको तमसुक लिएर बाँचिरहेको मान्छे हुँ म ।।
समुन्द्र जत्तिकै विशाल हृदय भएको मान्छे ।
तिमिलाई मुटु उपहार दिएर बाँचिरहेको मान्छे हुँ म ।

४ न फोन आउँछ मलाई तिम्रो न म्यासेज आउँछ ।
भन कान्छी आज भोलि तिम्लाइ कस्को म्यासेज आउँछाै ।।
मेरो कल र म्यासेज को प्रखाइ मा बस्ने मान्छे तिमी ।
प्रतेक मिनेट,मिनेट खै मलाई किन तिम्रो याद आउँछाै ।।

५ रोएर भिजेका परेली पनि मुस्कुराउन खोज्छन।
आखिर चोटै चोट दिनेहरु पनि हसाउन खोज्छन।।
सदैव शब्दकै बगरमा पौडी खेलेर हुर्केको म ।
आज आएर प्रेमको सागरमा डुवाउन खोज्छन।।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.