श्री गोर्खालीको पहिलो डोटेलि र्याप गित क्वात्ती सार्वजनिक

डडेल्धुरा । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं.०४ स्थित खलंगामा जन्मेका सन्तोष सिंह ओड ( श्री गोर्खाली) को डोटेली र्याप गित क्वात्ती सार्वजनिक भएको छ । उक्त गीत डोटेली भासामा प्रस्तुत गरिएको छ भने पुरा र्याप गित मा भने वरिष्ठ देउडा गायक भोजराज भट्ट को “पैया गुडन लाग्या “ गितका केही शब्द हरु पनि सुन्न सकिन्छ । उक्त गितमा लय ÷शब्द ÷कम्पोज ÷स्वर सन्तोष सिंह ओड ( श्री गोर्खाली) कै रहेकोे छ भने संगित प्रदिप मल्ल को रहेको छ र छायांकन दिपक भण्डारी ले गरेका हुन । उक्त र्याप गितमा डडेल्धुरा जिल्लामा रहेका धार्मिक पर्यटकीय स्थलहरुको र त्यहाँ को भाषा संस्कृती तथा स्थानीय खानाका परिकारहरुको बारेमा लगायत डडेल्धुरा जिल्ला का दृश्य हरु पनि देख्न पाईने र्यापर श्री गोर्खालीले जानकारी दिए । उनले यो भन्दा पहिला मेरो डडेल्धुरा , हार , हारे दैब , कुनै दिन ,आमा लगायतका विभिन्न अन्य र्याप गितहरु सर्बजनिक गरिसकेका छन् । उक्त गित श्री गोर्खाली युटुब च्यानल बाट सार्वजनिक भएको हो ।

गोर्खालीको पहिलो डोटेलि र्याप गित क्वात्ती

सम्बन्धित

Leave A Reply

Your email address will not be published.