हाम्राे बारेमा

सञ्चार माध्यमलाई अवाज विहिनहरुको अवाज मात्र नभनी विकासका लागि सञ्चार समेत भन्ने गरिन्छ । नेपालको इतिहास हेर्दा अहिले सम्मका आर्थिक भौतिक, राजनितिक तथा सामाजिक विकास र परिवर्तनका लागी सञ्चार माध्यमहरुले समेत अथक भुमिका खेलेको पाइन्छ । देश संघियतामा गइसके पछि नेपाल राज्य पुर्नसंरचना भइ ७ प्रदेश, ७७ जिल्ला र ७५३ वटा स्थानिय तहमा बिभाजित भइ अधिकार सहितको स्थानिय सरकार सबै तहहरुले पाइ सकेको छ । राज्य पुर्नसंरचना संग संगै देशको सामाजिक, आर्थिक, शैक्षिक, भौतिक विकास सहित अन्य विकासका पुर्वाधारहरुले गति लिदै गर्दा विकास संगसंगै सुशासन, पारदर्शिता, जवाफदेहिता, उत्तरदाईत्व र सरोकारवाला सबैको अर्थपूर्ण सहभागिता का लागि सञ्चार माध्यमले अहम भूमिका खेल्नुपर्ने देखिन्छ ।

यसै शिलशिलामा बैतडी मल्टीप्रपोज प्रा.लि. ले रेडियो बैतडी ९५.४ मेगाहर्ज जिल्लामा ५०० वाट प्रशारण क्षमता भएको रेडियो संचालनमा ल्याएको हो । बैतडी जिल्लाका सबै स्थानीयतहहरु सहित छिमेकी ७ वटा अन्य जिल्लाका गरि ४१ वटा भन्दा बढी स्थानीय तहहरु र छिमेकी राष्ट्र भारतका पिथौरागड, धारचुला, चम्पावत लागायतका स्थानहरुमा सहज रुपमा सुनिदै आईरहेको यस रेडियो ले शिक्षा, सुचना, मनोरञ्जन तथा समाचारको निरन्तर प्रवाहबाट आम समुदायको सेवा गर्ने समाज परिवर्तन र विकासमा टेवा पु¥याउने उद्धेश्य सहित यस रेडियोले दशरथचन्द नगरपालिका–२, देहिमाण्डौ बाट २०७६ साल फागुन १३ गते देखि आफ्नो प्रशारण सुरु गरेको हो । परिक्षण प्रसारणमा आम श्रोताहरुको सहयोग र परिक्षण अवधिको सफल्ता पछि नियमित प्रशारण रहेको छ ।
महामारीको रुपमा विश्वमा फैलिएको कोरोना भाईरस कोभिड १९ को प्रभाव र त्यसको असर संगसंगै अन्य चुनौतिहरुको सामना गर्दै समाज रुपान्तरणका लागि हामि निरन्तर सक्रिय भएर लागी रहेका छौं ।

थप जानकारीहरु :
कम्पनीको नाम :  बैतडी मल्टीप्रपोज प्रा.लि.
कम्पनी दर्ता र दार्ता मिति :  २२६४७३/२०७६ असोज १५
पान नं. ६०९६४२३५५
ठेगाना : दशरथचन्द नगरपालिका–२, देहिमाण्डौं बैतडी
सूचना तथा प्रसारण विभाग प्रसारण शाखा

इजाजतपत्र : १११३
प्रसारणको माध्यम : फ्क्विवेन्सी मोडुलेशन
प्रसारण क्षमता : ५०० वाट
फिक्ववेन्सी : ९५.४ मेगाहर्ज
बैण्ड : एफ.एम. बैण्ड
च्यानल :
लाईसेन्स : १५७
सम्पर्क फेन नं.       ९८६८७८०४५६   कार्यालय
९८४०६०४४८८   समाचार शाखा
९८४८८८७०७१   कार्यक्रम
ईमेल ठेगाना : [email protected]
वेवसाईट : www.radiobaitadi.com

रेडियो बैतडी सुनिने कार्यक्षेत्रहरु :
सुदूरपश्चिम प्रदेशका ८ वटा जिल्लाहरू बैतडी, दार्चुला, डडेल्धुरा, कञ्चनपुर, कैलाली, डोटी, अछाम र बझाङ्ग जिल्लाका ४० वटा पालिकाहरू

सि.न. जिल्ला सि.न. पालिकाहरुको नाम
बैतडी दशरथचन्द नगरपालिका
पाटन नगरपालिका
मेलौली नगरपालिका
पुर्चौडी नगरपालिका
शिगास गाउपालिका
सुनर्या गाउपालिका
दोगडाकेदार गाउपालिका
डिलासैनी गाउपालिका
शिवनाथ गाउपालिका
१० पञ्चेश्वर गाउपालिका
डडेल्धुरा अमरगडी नगरपालिका
पर्शुराम नगरपालिका
भागेश्वर गाउपालिका
आलिताल गाउपालिका
गन्यापधुरा गाउपालिका
नवदुर्गा गाउपालिका
अजयमेरु गाउपालिका
कञ्चनपुर पुर्नवास नगरपालिका
बेलडाडी गाउपालिका
दार्चुला महाकाली नगरपालिका
शैल्यशिखर नागरपालिका
अपिहिमाल गाउपालिका
नौगाड गाउपालिका
मर्मा गाउपालिका
लेकम गाउपालिका
दुहु गाउपालिका
मालिकार्जुन गाउपालिका
बझाङ्ग विथ्थडचिर गाउपालिका
केदार स्याउँ गाउपालिका
बुगंल नगरपालिका
छब्बिसपाथीभरा गाउपालिका
डोटी बडीकेदार गाउपालिका
दिपायल सिलगढी नगरपालिका
शिखर नगरपालिका 
आदर्श गाउपालिका
जोराईल नगरपालिका
अछाम ढकारी गाउपालिका
साफेबगर नगरपालिका
कैलाली गोदावरी नगरपालिका
चुरेगाउपालिका