प्रदेशीको पीडामा आधारित कारुणिक देउडा गीत ‘नरोए आमा’१५गते सार्वजनिक हुने
बैतडी साउन ११ ।प्रदेशीको पीडामा आधारीत देउडा गीत ‘नरोए आमा’ सार्वजनिक हुने भएको छ । बैतडी जिल्ला पाटन नगरपालिका वडा नं ९ किचारमा जन्मीएका गायक जेआर भट्टको शब्द संगीत, र आवाजमा रहेको ‘नरोए आमा’ बोलको देउडा गीत साउन १५ गते सार्वजनिक हुने भएको हो ।
गायक भट्टकै अभिनय रहेको प्रदेशीको यथार्थ पीडाहरुलाइ उत्कृष्ट सब्दसङ्गित र मनछुने अभिनय मार्फत उहाले प्रस्तुत गर्न खोजेको छ । बिष्णु तामाङले एरेन्ज गरेको उक्त गीत विशाल बोहराले रेकर्डिङ र मन्जरी स्टुडियो बाट रबिन थापाले मिक्सिङ गरेका छन् ।
बजारमा आउन लागेको देउडा गीत श्रीराम फिल्म प्रालीको दृस्य निर्माणमा अमित बिकले छायांकन र हिक्मत पाठकले सह छायांकन गरेका गायक जेआरले बताउनुभयो । यस्तै सुरेन्द्र सङ्गमले निर्देशन गरेको भिडियो अमित बिकलेनै सम्पादन गरेका छन् ।
गीतको भिडियोको लागि समाजसेवी भोजराज जोसि क्वालिटि, बैतडीका युवा नेता शङ्कर भण्डारी ,कपिल केसि,किसोर बोहरा र भुवन कार्किले विशेष सहयोग गरेको छ ।
गीतको शब्द सङ्गीत र अभिनय घरदेश र प्रदेशको पीडालाइ कलात्मक ढङ्गबाट राम्रोसँग प्रस्तुत गरिएकाले गीतलाइ धेरैले मन पराउने अपेक्षा गरिएको समाजसेवी भोजराज जोसि क्वालिटीको भनाई छ । यसको भाग २ को पनि पूर्ण तयारी भैसकेको र छिट्टै छायांकन हुने गायक भट्ट्ले बताएका छन् ।