अन्जान यात्री रेशम बोहराको प्रेमपत्र

प्रिय,
यस तिम्रो भौतिक बनावट अहिले मेरो नजरमा न देखि पनि तिम्रा ती मृगनयँन कोपिला जस्ता गाला र हिमाल बाट बगिरहेको सेतो हिउँ जस्तै टल्कने तिम्रो रुप रङ्ग मिठो बोली साथै छडके नजर सदैब मेरो मन मुटु मस्तिष्कमा गुन्जी रहने छ । प्रिय् कुन शब्द बाट सुरु गरु ?, कुन शब्दले अन्त्य गरु ? आफैलाइ थाहा छैन ? जसोतसो भएर आज तिम्रै नाम को एउटा सानो कागजको पन्ना घायल मनका दुई शब्द लेख्न बिबस भए । जानी नजानी भए पनि गल्ती क्षमा प्राथी छु ।

प्रिय, अब त केवल एउटा सन्नटा मात्र बाकी छ, ती दिनहरु अहिले चरा जस्तै भुरुर उडेर गए र मस्तिष्क को स्मृति एल्बममा केवल यादहरु मात्र बाकी छन ,,तिनै यादहरुका गुजलटा बाट मैले नयाँ जिन्दगी को बाटो खोज्दै छु ,, प्रेम के हो ,मलाई लाग्छ जवाफ तिमिले दिएर गएकी छौ , ( प्रिय् …..?) माया दुई शब्दको ( यो माया मैले तिमिलाइ मात्र गरे मन मुटु बाट अनि चोखो र पबित्र ,कति पटकमा जिन्दगी सङ्ग हारे केवल तिम्रो लागि ,यसलाइ तिमिले आफ्नो जित सम्झेर रमायौ ,कयौं पटक मैले हजारौं को अगाडि शिर झुकाएको छु ,हाम्रो माया न छुटोस न टुटोस भनेर …. हाम्रो माया अमर बनाउनको लागि पटक ( पटक जिउदै मरेको छु तिमी यस्तो कुरा कसरी बुझ्थ्यौ ? तिमिमा यति बुझ्ने साम भइ दिएको भए किन आज यो अवस्थामा पुगाउथ्यौ होला र …. सुनेको छु तिमी खुसी र सुखी छौ हुन त यी सबथोक पाउनलाइ मलाई छोडेको होनि ,होइन र ?

 

दुई छाक खाना लाई सात समुद्र पारी छिर्नु मेरो रहर थिएन बाध्यता थियो ,त्यो तिमी पनि बुझ्छौ ,किन कि तिमी पनि म जस्तै साधारण परिवार कि छोरी हौ ,,कहिले लागेको थिएन तिमी बाट धोका होला भनेर त्यसैले त तिम्रो लागि सब थोक गुमाएको थिए ,जे भयो ,भयो ,तिमी त पराइ भयौ तिम्रो याद यहीँ छ प्रिय् त्यति सजिलै कसरी बिर्सन सक्छु ,मुटु पोलि रहन्छ कहिले काहिँ त यति धेरै पिडा हुन्छ जस्तो तसो भएर समालिने प्रयत्न गर्छु ,एक बोतल रक्सी खाएर के गर्नु चाहेर पनि मर्न सकिदो रहेछ ,,जिन्दगी ले त्यस्तो ठाँउमा ल्याएर उभ्याइ दियो ,जहाँ न त बाच्न सक्छु न त मर्न नै सक्छु ,,प्रिय् म सङ्ग तिमिलाइ दिनलाइ न त कुनै उपहार छ न त कुनै यस्तो शब्द छ , जसले तिम्रो सम्बोधन गर्न सकु ,बस तिमिले दिएका चोट तिम्रा ती याद र तिम्रो कारण ले झुकेको शिर , यदि कुनै दिन पबित्र स्थल मन्दिन जाने अवसर पाए भने भगवान ले केही दियो र मैले मागे भने प्रिय्( यहि माग्छु तिम्रो जीवन सदा ( सदा सुखी र खुसी बनोस ,मेरो लागि त न मागेकै बरदान मिलेका छन ,हजारौं चोट र पिडा हरु जो मलाई जिउन जिन्दगी भर पुगि हाल्छन ,यी सबथोक पुगेरै होला प्रिय् ,आज जिन्दगी म माया भन्ने शब्द देखेर घृणा लागेर आउँछ ,,,,ती पलहरु सक्झिदा अझै पनि नदि सरह आँसु धारा बगि रहन्छन ,,अब त तिम्रो याद र सम्झनामा रुदा रुदै आँसु पनि रित्तिए ,, ,हरेक बेला तिम्रो एउटा बोली सधै याद आइ रहन्छ ,,म मरेर तिमिलाइ बचाउछु ,म रोएर तिमिलाइ हसाउछु भन्थ्यौ तर अपसोच जिउदै मारेर गयौ ,रात दिन रुवाएर गयौ ,,जहाँ भए पनि खुसी भएर रहनु ल ,,आकाश जुन तारा भएर तिम्रै खुसी हेरि रहने छु ,,,,,कहिँ कतै यो सन्देश तिमी सङ्ग पुगि हाल्यो भनेनी न मिठो सपना सम्झेर बिर्सी दिनु, अहिले बिदा हुन्छु ।
उहीँ तिम्रो अन्जान यात्री रेशम बोहरा (हाल सात समुद्र पारी)
डिलाशैनी वडा नम्बर ६ गोकुलेश्वर, बैतडी

सम्बन्धित

Leave A Reply

Your email address will not be published.