सुदुरपश्चिमका चर्चित देउडीय माधब बिष्ट ‘कैलाश’को “जन्मभुमी”सार्वजनिक भिडियो सहित (भिडियो सहित)

जनक साउँद-बैतडी-भाद्र ०८/ सुदुरपश्चिमका चर्चित देउडीय कलाकार तथा सर्जक माधब बिष्ट ‘कैलाश’ को “जन्मभुमी” बोलको देउडा गीत सार्वजनिक भएको छ । बिगत २ दशकदेखि कला, संस्कृतिको क्षेत्रमा उदाहरणीय काम गर्दै आएका “सुदुरपश्चिम स्वर्ग सरी” लगायतका दर्जनौ चर्चित मन छुने देउडा गीतका सर्जक बिष्टले जन्मभुमी प्रतिको मायालाई शब्दहरुमा उर्तार्दै “जन्मभुमी” बोलको उक्त देउडा गीत बजारमा ल्याएका हुन् । बैतडीको दोगडाकेदार गाउँपालिकामा जन्मिएका सर्जक बिष्टले गीतमा जन्मभुमीको सौन्र्दयता र जननी प्रतिको मायालाई चित्रण गरेका छन् ।

    सुदुरपश्चिमको मौलिक संस्कृति भित्रको ‘झोडा’को लयमा गाईएको उक्त गीतमा सुदुरपश्चिमका चर्चित दर्जन बढी कलाकारहरुले संयुक्त आवाज दिएका छन् । उक्त गीतमा चर्चित बरिष्ठ देउडा गायक भोजराज भट्ट, माधव बिष्ट, मनोहर परियार, भानुभक्त जोशी, जनक महरा, महेन्द्र शाही र सुरेश शाहीले आवाज दिएका छन् । यस्तै गीतमा किरण थापा, भुवन प्रकाश बडु, धनी महरा र राजिब अनुपमको आवाज रहेको छ भने महिला तर्फ चर्चित देउडा गायीका रेखा जोशी, कल्पना बिसि, पुष्पा बोहरा, दीपा रोकाया, मही बडु, निरुता खत्री, भावना चन्द, धाना जोशी, लक्ष्मी आर्चाय माया बडुसंगै स्मीती शाही, पार्वती बम, आशा शाही र धनमाया बडु लगायतको संयुक्त आवाज रहेको छ ।

     सर्जक माधब बिष्ट ‘कैलाश’कै शब्द तथा लय रहेको उक्त गीतमा भुवन प्रकाश बडुले संगीत भरेका छन् भने श्रीकोटी मिडियाबाट उक्त गीत सार्वजनिक गरिएको छ । दोगडाकेदार गाउँपालिका भित्रका बिभिन्न धार्मीक तथा पर्यटकिय, मनमोहन दृश्यहरुसंगै उक्त गीतको भिडियोमा सुदुरपश्चिमको मौलिक पहरिनमा सजिएर कलाकारहरुले देउडा खेलेका छन् । उक्त भिडियो केशब राज भट्टले निर्देशन गरेका छन् । बर्ष भरिमा पश्चिमका कलाकारहरुले माया प्रेम, मिलन बिछोड, प्रकृति लगायत अन्य बिषयबस्तुसंग सम्बन्धित प्रस्तुती दिने गरेकोमा बर्षमा एउटा गीत परम्परागत कला संस्कृतिको जर्गनामा सहयोग पुगाउने हेतुले सबैको सहयोगमा गाउने गरेको सर्जक बिष्टले बताउनुभएको छ । बिगतमा पनी बिग परिबेश रेर्कडिङ स्टुडियो काठमाण्डौको प्रस्तुती तथा बिशेष पहलमा सबै कलाकारहरुले संयुक्त रुपमा बहुचर्चित मौलिक देउडा गीत “न्याउल्या” लगायत, मौलिक संस्कृति डुस्को, धुमारी, ठाडो खेल भैना लगायतका गीतहरु बजारमा ल्याई सकेको सर्जक बिष्टको भनाई छ । गीत प्रस्तुतीका लागी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुणर्मा सर्जक बिष्टले आभार ब्यक्द गर्दै धन्यवाद दिएका छन् ।

      युवा पुस्तालाई पनी मौलिक कला संस्कृति प्रति चासो बृद्धि गर्दै आर्कषित हुन प्रस्तुत “जन्मभुमी” बोलले गीतले प्रेरणा मिल्ने देखिन्छ । उक्त गीतमा सुदुरपश्चिमका चर्चित दशकौ देखि देउडाको क्षेत्रमा काम गर्दै आएका बरिष्ठ गायक भोज राज भट्ट जस्ता कलाकारहरुको आवाज र चर्चित एरेञ्जर भुवन प्रकाश बडुको संगीत रहेकाले आफैमा पृथक र उत्कृष्ट बनेको छ । सुदुरपश्चिमको गहनाको रुपमा रहेको देउडा संस्कृतिमा थुप्रै देउडीयहरुको माझमा कलाकार माधब बिष्ट ‘कैलाश’लाई ‘श्रीकोटी’ भनेर पनी चिन्ने गरिन्छ ।

हेर्नुहोस भिडियो ;

सम्बन्धित

Leave A Reply

Your email address will not be published.