बझाङको बुङ्गल नगरपालिकामा शंकास्पद वस्तु फेला

बझाङ; बझाङको बुङ्गल नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ । नगरपालिकाको वडा नं ८ स्थित सत्य माध्यामिक बिद्यालय तोलिचौरको मतदान केन्द्र ५०० मिटर टाढा शंकास्पद वस्तु फेला परेको छ । आज बिहानै मतदाता मतदान स्थलतिर जानेक्रममा मतदान स्थलनजिकै शंंकास्पद वस्तु फेला परेको हो।

रातो कपडाले बेरिएको अवस्थामा चार बाहिर निकालि बम जस्तो देखिने शंकास्पद बस्तु राखिएको जिल्ला प्रहरी कार्यालय का डिएसपी जागेश्वर भण्डारीले बताए। ।शंकास्पद वस्तु फेला परेपछि मतदातामा त्रास उत्पन्न भएको छ । शंकास्पद वस्तुनजिकै प्रवेश गर्न नेपाल प्रहरीले रोक लगाएको छ । उनका अनुसार उक्त वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली गइरहेको बताइएको छ

सम्बन्धित

Leave A Reply

Your email address will not be published.