बैतडी : भारतीय पेन्सनरका लागी झुलाघाट नाका ५ दिनका लागी खोलिने

जनक साउद–मंसिर ०५/  बैतडीको झुलाघाट नाका ५ दिनका लागी खोलिने भएको छ । कोरोना महामारीका कारण लामो समयदेखि सीमानाका बन्द हुदा भारतीय पेन्सनरहरु समस्यामा परेपछि स्थानिय प्रशासनको समन्वयमा अगामी सोमबारदेखि शुक्रबारसम्मका लागी नाका खोलिने सहमती भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ । नेपाल सरकार मन्त्रि परिषदको निर्णय एबंम जिल्ला प्रशासन कार्यालय बैतडी र जिल्ला अधिकारीको कार्यालय पिथौरागढको समन्वयमा ५ दिनका लागी नाका खोल्ने सहमती भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिह नेगीले जानकारी दिनुभएको छ । मिति तय गरिएको भए पनि कति बजे देखि कति बजे सम्म नाका खोल्ने भन्ने बिषय टुंगो लागी नसकेको उहाँको भनाई छ । लामो समयदेखि नाका बन्द हुदा बैतडीका भारतीय पेन्सनरहरु पेन्सन बुझ्नबाट बञ्चित भएका छन ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.