बैतडीमा औद्योगिक ग्रामको काम सुस्त गतिमा
ललित बोहरा/बैतडी : बैतडीका दुई स्थानीय तहमा स्थापना गर्ने भनिएको औद्योगिक ग्राम स्थापनाको काम सुस्त गतिमा अगाडी बढेको छ ।
जिल्लाको मेलौली नगरपालिका– ५ र पञ्चेश्वर गाउँपालिकाको–४ मा स्थापना हुने भनिएको औद्योगिक ग्रामको सुस्त गतिमा अगाडी बढेको हो । औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक पर्ने सामान्य संरचना बाहेकको अन्य काम अघि बढ्न सकेको छैन ।
आर्थिक बर्ष २०७६/०७७ मा आएको ५३ लाख बजेटले ३ किलोमिटर सडक निर्माण गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।
ग्राम स्थापना स्थलमा सडकसँगै खानेपानी लगायतका पुर्वाधार निर्माणको लागि फिल्ड तयार भएको अध्यक्ष चन्दले बताए। यो बर्ष खानेपानी योजनाहरु निर्माण हुदैछन् । अध्यक्ष चन्दले भने, ‘पहिलो बर्ष ७५ लाख बजेट आएको थियो त्यो बजेट अनुसार काम ग¥यौ । केही समय काम रोकियो अहिले खानेपानी लागयतका काम अगाडी बढेको छ ।
बिद्यूत विस्तारको काम पनी गर्ने तयारी भरहेको छ । बजेट कम भए प्रगती प्रतिवेदनुसहित माग गरे उद्योग मन्त्रालयले दिने प्रतिबद्धता गरेको अध्यक्ष चन्दको भनाई छ । ग्रामको भौतीक संरचना निमार्ण भएपनि व्यवसायीक नागरिक नहुदाँ समस्या हुने देखिन्छ , अध्यक्ष चन्दले भने, महाकालीको बालुवा लिएर इटा उद्योग संचालका लागि छलफल जारी छ ।
मेलौली नगरपालिकामा भने बजेट प्राप्त भएर पनि ४ बर्ष सम्म औद्योगिक ग्राम स्थापनाको कुनै काम अघि बढाउन सकेको छैन । नगरपालिकाको वडा नम्बर ५ को सामुदायिक वनमा छनोट गरिएको तर बातावरणीय प्रभाव मुल्याङ्कन अन्तीम चरणमा रहेकाले अन्य काम अगाडी नबढेको नगरप्रमुख भिमबहादुर चन्दले बताए ।
‘डिभिजन वनसंगको सहयकार्यमा वातावरणीय प्रभाव मुल्याङ्कन गरिरहेका छौँ, त्यसपछि निर्माण प्रक्रिया सुरु हुन्छ,’ नगर प्रमुख चन्दले भने, संघीय सरकारबाट बजेट प्राप्त भएरपनि बिगतमा काम गर्न नसकेपछि यस वर्ष औद्योगिक ग्रामको काम सुरु गर्ने तयारीमा रहेको छ ।
औद्योगिक ग्राम निर्माण गर्नसके साना तथा मझौला उद्योग खोल्नको लागि सहज हुने मेलौली नगरपालिका ८ का वडा अध्यक्ष तपेन्द्र बिष्टले बताए ।
यस क्षेत्रमा साना उद्योग स्थापनाका लागि थुप्रै सम्भावना छन्, चिउरी उद्योग, मसला उद्योग, खानेपानी प्रसोधन लगायतका उद्योगको थुप्रै सम्भावना छ,’ वडा अध्यक्ष बिष्टले भने, स्थानीयस्तरमा नै रोजगारी सिर्जना गर्ने महत्वपूर्ण लक्ष राखेर निर्माणको सुरुवात गरेका औद्योगिक ग्राम छिटो निमार्ण हुनुपर्छ ।, औद्योगिक ग्रामले व्यावसाय गरेर स्वरोजगार बन्ने युवाहरुले राम्रो अवसरकोरुपमा सदुपयोग गर्न सक्छन्, औद्योगिक ग्राम सम्पन्न हुन जरुरी रहेको उनको भनाई छ ।
औद्योगिक ग्राममा निर्माण गरिएका भवनहरुमा युवाहरुले स्टल सञ्चालन गर्नसक्ने नगरपालिकाले जनाएको छ ।
औद्योगिक ग्रामका लागि पहाडी क्षेत्रमा ३५ रोपनी आवश्यक पर्छ । औद्योगिक ग्राममा सडक पुर्वाधार, खानेपानी, बिजुलीलगायत साना उद्योग सञ्चालनका लागि आवस्यक संरचना निर्माण गनुपर्ने हुन्छ ।
स्थानीय श्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सिपको परिचालन गर्दै लघु, घरेलु तथा साना उद्योगमा लगानी गरी उद्योग सञ्चालन गर्ने लक्ष राखेको थियो । । यसकासाथै सभाहल, क्यान्टीन, अग्नि नियन्त्रण केन्द्र लगायतका संरचना पनि निर्माण गर्न भनिएको छ । सरकारले ओद्योगिक ग्राम सम्बन्धी २०७५ सालमा कार्यबिधि पारीत गरेको थियो ।
उद्योग मन्त्री दामोदर भण्डारी बैतडीबाट प्रतिनिधीत्व गर्ने भएकाले उद्योगका क्षेत्रमा नयाँ काम गर्ने अवसर स्थानीइ तहलाई रहेको जानकारहरु बताउछन् ।