बैतडीका थप ३ जनाले कोरोना जिते, अब सक्रिय संक्रमीत २० जना

बैतडी–मंसिर ०३ / बैतडीका थप ३ जनाले कोरोना जितेका छन । बुधबार बिभिन्न स्थानिय तहका ३ जना कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । डिस्चार्ज हुनेमा दशरथचन्द नगरपालिका वडा नम्बर ४ का २२ बर्षका पुरुष, दशरथचन्द नगरपालिकाकै वडा नम्बर ९का  २७ बर्षीय पुरुष र दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का १ महिला रहेका छन । अब जिल्लामा कोरोनाका सक्रिय संक्रमीत २० जना रहेका छन ।

सबैभन्दा बढी  दशरथचन्द नगरपालिकामा ८ जना, पाटन नगरपालिकामा ६ जना, सुर्नया गाउँपालिकामा ४ जना  र पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा १÷१ जना कोरोनाका सक्रिय संक्रमीत रहेका छन । जिल्लामा अहिलेसम्म ५ सय जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएकोमा ४ सय ७९ जनाले कोरोना जितेका छन भने १ जनाको भने मृत्यु भईसकेको छ ।

अहिलेसम्म पाटन नगरपालिकाका ८२ जना, दशरथचन्द नगरपालिकाका पनी ८२ जना, मेलौली नगरपालिकाका ४७ जना, सिगास गाउँपालिकाका ५५ जना, डिलाशैनी गाउँपालिका १२ जना र सुर्नया गाउँपालिकाका ३९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा ६३ जना, शिबनाथ गाउँपालिकामा ५१ जना, दोगडाकेदार गाउँपालिकामा ४९ जना र पुर्चौडी नगरपालिकामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.