नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश विक सर्वसम्मत चयन

बैतडी  फागुन २९ : नेकपा एमाले बैतडीको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार विक सर्वसम्मत चयन भएका छन् । हिजोदेखि सुरु भएको अधिवेशनले विक सहित पदाधिकारीहरु सर्वसम्मत चयन गरेको नेताहरुले बताएकाछन् ।

पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचीवमा हजारी साउद, उप सचीवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएकाछन् । पदाधीकारीको टिम सर्वसम्मत चयन भएपनि सदस्यमा बढी आकांक्षी भएकाले छलफल जारी रहेको छ ।
सदस्यहरुमा समेत सर्वसम्मत चयन हुने सम्भावना रहेको नेताहरुले बताएकाछन् ।

अहिले जिल्ला कमिटीको टिमसहित निर्वाचनको प्रक्रिया पुरा गर्ने समय लागेकाले घोषणा गर्ने बाकिँ रहेको छ ।

सहमतीमै नेतृत्वको टुंगो लगाएर पार्टी केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारी बिहानै काठमाण्डौका लागि प्रस्थान गरिसकेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.