प्रदेश स्तरीय छात्रा भलिबल प्रतियोगितामा बैतडी प्रथम
फाल्गुन २१, २०८० बैतडी–धनगढीमा जारी १४ सुदूरपश्चिम प्रदेशस्तरीय छात्रा भलिबल प्रतियोगितामा बैतडीले स्वर्ण हात पारेको छ । दार्चुलालाई २–१ को सेटमा पराजित गर्दै बैतडी प्रथम स्थान हासिल गर्न सफल भएको बैतडीका खेल प्रशिक्षक हरी भण्डारीले जानकारी गराए ।
राष्ट्रिय खेल प्रतियोगिताको छनौटको रुपमा रहेको यो प्रतियोगितामा बैतडीले अन्य विाधामा पनि बलियो दावेदारी राखेको छ ।
बैतडीको सिगास गाउँपालिकाकी देवकी धामलिे १५ सय मिटर र ३ हजार मिटर दौडमा प्रथम स्थान हासिल गर्दै दुई स्वर्ण यसअघि नै दिलाइ सकेकी छन् भने पाटन नगरपालिका ९ स्थित ज्ञानेश्वर नमुना माविमा अधयायनरत पारस सिंह महराले पनि हाइजम्पमा प्रथम हुदै स्वर्ण दिलाएका छन् ।