पुर्चौडी बहुमुखी क्याम्पस द्धारा नव आगन्तुक बिधार्थीलाई स्वागत
बैतडि फागुन १६ : बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थी हरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । पुर्चौडी बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा मंगलबार कार्यक्रम सम्पन्न भएको हो । उच्च शिक्षा अध्ययनको लागी पुर्चौडि बहुमुखी क्याम्पसमा भर्ना भएका विद्यार्थी हरुलाई स्वागत कार्यक्रमको आयोजना गरिएको क्याम्पसका स्ववियु सभापती बाग्मती कुमारी ऐरले बताए ।
कार्यक्रमको प्रमुख अतिथि पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राम दत्त जोशी रहनुभएको थियो भने विशिष्ट अतिथिमा सहायक क्याम्पस प्रमुख विनोद सिह भण्डारि र सहायक क्याम्पस प्रमुख गोविन्द अवस्थी रहेका थिए । कार्यक्रम स्ववियु सभापति बाग्मती कुमारी ऐरको अध्यक्षतामा भएको हो । उक्त कार्यक्रममा प्राध्यापक, विद्यार्थी, अखिल क्रांतिकारी बैतडी जिल्ला अध्यक्ष गणेश बहादुर बम, ने. वि. संघ जिल्ला सदस्य धन ब. बोहरा लगायतको सहभागिता रहेको थियो ।
नव आगन्तुक विद्यार्थीको स्वागत कार्यक्रममा क्याम्पस प्रमुख राम दत्त जोशी, सहायक क्याम्पस प्रमुखहरु र उपस्थित अन्य अतिथि लगायत विद्याथीले स्वागत गर्दै शुभाकामना तथा मन्तव्य राखेका थिए । दोस्रो, तेस्रो र चौथो बर्षमा अध्यानरत विद्यार्थीहरुले कविता,गजल ,मुक्तक र गीत मार्फत स्वागत गर्दै शुभाकामना तथा मन्तव्य राखेका थिए । यसैबीच सास्कृतिक कार्यक्रम पनि गरिएको स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष ऐरले बताए ।