देहीमाण्डौमा होटल तथा रेस्टुरेण्टमा खाद्य स्वच्छता कायम गर्न तालिम

बैतडी । दशरथचन्द नगरपालीका २ मा होटल, रेस्टुरेण्ट तथा क्यान्टिन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीको आयोजनामा भएको तालिममा डिभिजनका प्रमुख ललीत कठायतले भान्सा र काम गर्ने व्यक्तिको सरसफाइ, पकाएको र नपकाएको खाद्यवस्तुलाई छुट्टाछुट्टै राख्ने, राम्ररी पकाउने, सामान्य सुरक्षित तापक्रममा राखी संरक्षण गर्ने, सुरक्षित पानी र खाद्य वस्तुमात्र प्रयोग गर्ने कुराहरुको जानकारी गराएको थियो।
तालिममा सबै होटल तथा रेस्टुरेण्ट व्यवसायीहरुलाई स्वस्च्छ तथा गुणस्तरीय सामाग्री मात्र राख्न आग्रह गरेको बताए ।
तालीममा स्थानीय होटल व्यवसायी किराना व्यवसायीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.