बैतडी, फागुन ९ । बैतडीमा यही फागुन १६ गतेदेखि दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । जिल्लाको पुर्चौडी, पाटन नगरपालिका, सिगास, डिलासैनी र दोगडाकेदार गाउँपालिकामा फागुन १६ देखि २१ गतेसम्म खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
दशरथचन्द, मेलौली नगरपालिका, शिवनाथ, पञ्चेश्वर र सुर्नया गाउँपालिकामा फागुन १७ देखि २२ गतेसम्म खोप अभियान सञ्चालन गरिने बताइएको छ । बैतडीमा ९ महिनादेखि ५ वर्ष उमेर समूहका २१ हजार ३२४ जना बालबालिकालाई खोप लगाइने छ । देशभर यो खोप अभियान फागुन १३ गतेबाट सञ्चालन भइरहेको छ ।