केदार माविको चार कोठे भवन नगरप्रमुख जोशी द्वारा उद्घाटन
बैतडी फागुन ७ : बैतडीको दशरथचन्द नगरपालिका ९ स्थीत केदार माध्यमिक विद्यालयको ४ कोठे भवनको उद्घाटन गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको विद्यालय भवनको सोमबार नगर प्रमुख पुस्करराज जोशी ”लख्खाभाई” द्वारा उद्घाटन गरिएको हो ।
कक्षाकोठा प्रयाप्त नहुँदा पठनपाठनमा समस्या भएकाले विद्यालयले भवनका लागि माग गरेको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत झन्डै ५० लाखको लागतमा ४ कोठे विद्यालयल भवन निर्माण भएपछि पठन पाठनमा केही सहज भएको विद्यालयका प्रधानाध्यपक शंकरदत्त जोशीले बताए । कक्षा १० सम्म पठनपाठन सञ्चालीत उक्त विद्यालयमा ३६९ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयमा भौतिक पुर्वाधार संगै भवनको अभाव रहेकाले नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे भवनका लागि विशेष प्राथमिकता राखेर सिफारीस गरिएको दशरथचन्द नगरपालिका ९ का वडाध्यक्ष मोहनदेव जोशीले जानकारी दिए ।
सोमबार विद्यालयको ७९ औँ बार्षिकोत्सको अवसरमा ४ कोठे विद्यालय भवन उद्घाटन गरिएको हो ।