बैतडीको देहीमाण्डौमा निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन ४ सय ७६ जनाले सेवा लिए

बैतडी फागुन ३ : बैतडीको देहीमाण्डौमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । वडा नं २ स्थित वडा कार्यालयमा बिहिबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो ।

दशरथचन्द नगरपालिकाको आयोजना, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको प्राविधिक सहयोग र दशरथचन्द नगरपालिका वडा नं २ देहीमाण्डौंको व्यवस्थापनमा शिविर सञ्चालन भएको बडा अध्यक्ष सुर्य बहादुर बोहराले बताए ।
आज पहिलो दिन ४ सय ७६ जनाले सेवा लिएका छन् । शिविरमा क्यान्सर रोगको स्क्रीनिङ, पहिचान तथा फ्लोअप, स्त्री तथा प्रसुती रोग सेवा, नाक,कान,घाँटी रोग सम्बन्धी सेवा,शल्यक्रिया सेवा, बालरोग सेवा र जनरल मेडिसिन सेवा प्रदान भैरहको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.