१४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मेलौलीलाई

बैतडी माघ २९ : बैतडीको मेलौलीमा सम्पन्न १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मेलौलीले उचालेको छ । मेलौलीको भगवती मन्दिर प्राङ्गणमा माघ २६ गतेदेखी सुरु भएको रनिङ शिल्डको उपाधी मेलौलीले उचालेको हो । शिल्ड कब्जा गरेको मेलौली नगरपालिकाले १४ श्वर्ण, ६ रजत र ४ कास्य प्राप्त गरेको छ । गत वर्ष पनि मेलौली उक्त प्रतियोगिताको उपाधी जितेको थियो ।

दितिय स्थान हासिल गरेको पुर्चौडीले ६ श्वर्ण, ३ रजत र ६ कास्य प्राप्त गरेको छ । तृतीय स्थान हासिल गरेको दोगडाकेदार गाउपालिकाले ६ श्वर्ण, ३ रजत र ५ कास्य प्राप्त गरेको छ पाटन नगरपालिकाले ५ श्वर्ण ९ रजत र १ कास्य प्राप्त गरेको छ । सिगास गाउँपालिकाले ५ श्वर्ण १ रजत १ कास्य प्राप्त गरेको छ । शिवनाथ गाउँपालिकाले २ श्वर्ण, २ रजत र २ कास्य प्राप्त गरेको छ । दनपाले श्वर्ण २, १३रजत र १२ कास्य प्राप्त गरेको छ । डिलासैनी गाउँपालिकाले १ श्वर्ण, ५ रजत र ८ कास्य प्राप्त गरेको छ ।

सुर्नया गाउँपालिकाले १ श्वर्ण र ४ कास्य प्राप्त गरेको छ । पन्चेश्वर गाउँपालिका पदक बिहिन बनेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.