बैतडीः साहीलेक र छेलाबजार अनुगमन,५२ हजार भन्दा बढीका अखाद्य सामग्री नष्ट
असोज -२०/बैतडीको दरशथचन्द नगरपालिकाको साहिलेक र छेला बजारमा अनुगमन गरिएको छ। जिल्ला घरेलुतथा साना उद्योग बैतडीको संयोजकत्वमा खटिएको सरोकारवालाहरुको संयुक्त टोलीलले बजार अनुगमन गरेको हो ।
कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री बितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उदेश्यले गरिएको बजार अनुगमनमा ५२ हजार भन्दा बढीका अखाद्य सामाग्री बरामदगरि नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियनत्रण कार्यालय बैतडीका प्रमुख कृष्ण दत्त लेखकले जनाकारि दिनुभएको छ ।
उहाँका अनुसार नगरपालिकाको वडा नं ४ अन्तरगतको सहिलेक र छेला अनुगमनका क्रममा ३५ हजार ९ सय ४० बारबको विउविजन, ११ हजार ७ सय मुल्यको ३९ बोतल बियर, ५ सय ६० मुल्यको फेन्टा, ५ सय ४० मुल्यको नमकिन ५४ प्याकेट , ३ हजार ७ सय ४० को कस्मेटिक , र २ सय ५० बराबरको ब्रेड ५२ हाजार ७ सय ३० मुल्यको अखाद्य सामाग्री तथा म्यादनाघेका सामान बरामद गरि नष्ट गरिको छ । बजारभित्रका मदिरा पसल, किराना पसल तथा होटलहरुहरुमा अनुगमन गर्ने क्रममा म्याद नाघेका अखाद्य समाग्री भेटिएकाले बरामद गरि नष्ट गरिएको उहाँले बताउनुभयो ।
लामो समय कोरोना महामारिका कारण बजारहरु बन्द हुँदा अहिले दशैको मुखमा आएर अखाद्य बस्तुहरुको बिक्री बितरण हुन सक्ने भन्दै बजार अनुगमन गरिएको उहाँले बताउनुभयो । व्यापारीहरुलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न आग्रह गरिएको छ भने उपभोग्य मिति र लेभल हेरेर मात्र खरीद गर्न उपभोक्ताहरुलाई आग्रह गरिएको छ जिल्लाको संयुक्त अनुगमन टोलिले यसअघि पनि जिल्लाको सुर्नया , डिलाशैनि दोगडा केदार गाउँपालिका र मैलौलि नगरपालिकामा पनि बजार अनुगमन गरेको थियो ।