बैतडीको पाटन नगरपालिका वडा नम्बर ५ सिल
बैतडी–असोज २० / बैतडीको पाटन नगरपालिका वडा नम्बर ५ सिल गरिएको छ । वडा भित्र अत्याबश्यक बाहेकका सम्र्पुण सेवाहरु बन्द रहने गरिने असोज २५ गतेसम्मका लागी वडा सिल गरिएको वडा अध्यक्ष फुनी बोहराले जानकारी दिनुभएको छ । सोमबार वडा भित्रका एक जना पुरुषमा कोरोना पुष्टि भए पछि वडा सिल गर्ने निर्णय भएको उहाले बताउनुभयो । वडा नम्बर ५ घर भएका र नेपाली सेनामा कार्यरत पुरुषमा सोमबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा कोरोना देखिएको थियो । वडा भित्रमा एक टोलबाट अर्को टोलमा जान पुर्ण रुपमा रोक लगाईएको छ । यस्तै वडा कार्यालयबाट प्रदान गरिने सेवा पनी बन्द गरिएको छ । तर अनिबार्य रुपमा गर्ने पर्ने काम भए पछि गर्न सकिने वडा कार्यालयले जनाएको छ । संक्रमित पुरुषको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरी स्वाब संकलन भईरहेको छ । संक्रमित पुरुषलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा राखिएको वडाध्यक्ष बोहराले बताउनुभएको छ ।