बैतडीः गोठलापानी बजार अनुगमन

बैतडी–असोज १९ / बैतडीको दशरथचन्द नगरपालिकाको गोठलापानी बजारमा अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग बिकास समितिको संयोजकत्वमा सरोकारवालाहरुको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री बितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उदेश्यले गरिएको बजार अनुगमनमा साढे १७ हजार बराबरका अखाद्य सामाग्री बरामद गरि नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्ण दत्त लेखकले जानकारि दिनुभएको छ।

उहाँका अनुसार नगरपालिकाको वडा नं ४ अन्तरगतको गोठलापानी बजार अनुगमनका क्रममा १३ हजार ५ सय मुल्यको ४५ बोतल बियर, २ सय ५० मुल्यको १ केजि मिठाई र ३८ सय मुल्यको म्याद नाघेको नमकिन गरि १७ हजार ५ सय ५० मुल्यको अखाद्य सामाग्री बरामद गरि नष्ट गरिको छ । बजारभित्रका मदिरा पसल, किराना पसल तथा होटलहरुहरुमा अनुगमन गर्ने क्रममा म्याद नाघेका अखाद्य समाग्री भेटिएकाले बरामद गरि नष्ट गरिएको उहाँले बताउनुभयो ।

लामो समय कोरोना महामारिका कारण बजारहरु बन्द हुँदा अहिले दशैँ नजिकिदै गर्दा अखाद्य बस्तुहरुको बिक्री बितरण हुन सक्ने भन्दै बजार अनुगमन गरिएको उहाँले बताउनुभयो । व्यापारीहरुलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न आग्रह गरिएको छ भने उपभोग्य मिति र लेभल हेरेर मात्र खरीद गर्न उपभोक्ताहरुलाई आग्रह गरिएको छ। जिल्लाको संयुक्त अनुगमन टोलिले यसअघि पनि जिल्लाको सुर्नया , डिलाशैनि दोगडा केदार गाउँपालिका र मैलौलि नगरपालिकामा पनि बजार अनुगमन गरेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.