यात्रु सहायता कक्ष स्थापना

बैतडी–असोज १९/ दशैँ तिहारलाइ लक्षीत गरी ट्राफिक प्रहरी बैतडीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले सोमबार जिल्ला सदरमुकाम गोठलापानि बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको हो।

दशैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुराहरुलाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय बैतडीका प्रमुख राजेन्द्र रावलले जानकारि दिनुभएको छ ।

यस्तै पाटन र खोड्पेमा पनि यात्रु सहायता कक्ष स्थापना हुने उहाँले बताउनु भएको छ। ट्राफिक प्रहरी बैतडीले “जिल्ला ट्राफिक प्रहरी बैतडीको अभिलाषा, प्रबिधिमैत्री ट्राफिक व्यवस्थापन स्थानिय तहको सहभागिता” भन्ने नाराका साथ जिल्लाका बिभिन्न स्थानमा यात्रु सहायता कक्ष निमार्ण गर्ने कार्यको थालनी गरेको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.