बैतडीमा दुई जना प्रहरी सहित ५ जनामा कोरोना पुष्टि

असोज- १९/ बैतडीमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल बैतडीमा गरिएको पिसीआर परीक्षणमा थप ५ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २६ जनाको कोरोना परीक्षण गरिएकोमा ५ जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल बैतडीका सुचना अधिकारि मोहन ठगुन्नाले जानकारिदिनुभएको छ ।

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत दुइ जना प्रहरी ,  नेपाली सेनामा कार्यरत पाटन नगरपालिका ५ का  एक पुरूष र २ जना मैलौली नगरपालिकाका पुरुषमा कोरोना पुष्टि भएको हो ।

एक जना प्रहरी नायब निरीक्षक (सई)र एकजना प्रहरी सहाय निरीक्षक (असईमा )  कोरोना पुष्टिएको बताउँदै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रशाद अधिकारिले उनिहरुलाई छुट्टै आइसोलेट गरिएको जनाएका छन ।

सम्बन्धित

Comments are closed.