दशरथचन्द नगरपालिका स्तरीय क्रिकेट प्रतियोगिता बुधबार देखी
बैतडीमा दशरथचन्द नगरपालिकामा बुधबारदेखि नगरस्तरीय टि–20 पुरूष क्रिकेट प्रतियोगिता हुदैछ। बुड्डाबाजे खेलमैदान रातामाटामा हुने उद्घाटन खेलमा दनपा २ देहिमाडौं र दनपा ३ दुर्गाभवानी भिड्नेछन्।
उद्घाटन खेलअघि एक कार्यक्रम गरि उद्घाटन गरिनेछ। दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाई उद्घाटन गर्ने कार्यक्रम छ।
प्रतियोगितामा नगरभित्रका ११ वटै वडाका टोलीको सहभागीता रहने छ।
सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शिर्ष स्थानमा रहने एक÷एक टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि भिडन्त कात्तिक २२ गते हुने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताउनुभयो।
विजेता टोलीले २२हजार ५०० मेडल ट्रफी प्रमाणपत्र र उपविजेता टोलीले १५ हजार मेडल ट्रफी प्रमाणपत्र पुरूस्कार पाउनेछ। यस्तै मेन अफ द सिरिजले २ हजार २५० र बेस्ट बलरले १हजार १२५,बेस्ट ब्याट्सम्यानले १हजार१२५ र उदयमान खेलाडीले १हजार १२५ मेडल ट्रफी प्रमाणपत्र पाउनेछ। प्रत्येक खेलका मेन अफ दि म्याच हुने खेलाडी लाई नगद रु ५००÷– कप प्रमाणपत्र प्रदान गरिनेछ।
दशरथचन्द नगरपालिकाको पूर्व निर्धारित खेलकुद कार्यक्रम अनुसार क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो। खेल क्षेत्रलाई प्राथमिकतामा राखेको दनपाले यस प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमका १६ जनाको टोली लाई खाजा खर्च स्वरुप मेच खेलेको दिन रु १५० का दरले प्रदान गर्ने जनाएको छ।
सहभागी टिमको दर्ता निशुल्क गरिएको र खेलाडीको सम्पूर्ण खर्च वडा कार्यालयले ब्यबस्थापन गर्नेछ। खेल समापनका दिन दशरथ चन्द नगरपालिकाबाट क्रिकेट खेलमा अन्तर्राष्ट्रिय टोलीमा सहभागी भएका पुरुष खेलाडी हरुलाई दोसल्ला र कदर पत्र बाट सम्मान गरिने जनाएको छ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।