बैतडी पञ्चेश्वरः संक्रमितको सम्पर्कमा रहेका सबैको रिपोर्ट नेगेटिभ,साेमबारबाट सेवा नियमित

असाेज -१८/ कर्मचारीमा कोरोना संक्रमण पुष्टभएपछि बन्दभएका बैतडीको पञ्चेश्वर गाउँपालिकाका सम्पूर्ण सेवा साेमबारबाट शुचारु हुनेभएका छन । कोरोना सक्रमितको सम्पर्कमा रहेका अध्यक्ष , उपाध्यक्ष लगायत अन्य सबैको कोरोना रिपोर्ट नेगेटि आएकाले साेमबार बाट सेवा शुचारु गर्ने निर्णयभएको गाउँपालिकाका स्वास्थ्य संयोजक एवँ निमित्त प्रमुख प्रशासकिय अधिकृत राम सागर साहले जानकारिदिनुएको छ ।

कर्मचारिमा कोरोना देखीएपछि अध्यक्ष, उपाध्यक्ष देखि संक्रमितको सम्पर्कमा रहेका सबै जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो ।

पालिकामा कार्यरत एजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले गत बिहीबार देखि अत्यावस्यक बाँहेकका सम्पुर्ण सेवा बन्द गरेको थियो । पञ्चेश्वर गाउँपालिकामा अहिले सम्म ६२ जनामा कोरोाना संक्रमण पुष्टि भएकोमा ६० जना संक्रमण मुक्त भइसकेका छन भने बाँकि २ जना सक्रिय संक्रमित रहेका छन।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.