बैतडीमा माओवादी अभियानको समीक्षा अभियान सम्पन्न थप प्रभावकारी बनाउनुपर्नेमा जोड

बैतडी– असोज १५ बैतडी जिल्लामा नेकपा माओवादीले अभियानको समीक्षा गरेको छ । गत भदौ देखि सुरु गरिएको जनतासँग माओवादी विशेष अभियान’को सोमबार पाटनमा समीक्षा गरिएको हो ।
माओवादी केन्द्रले गत भदौ१५ गते देखि सुरु भएको ‘जनतासँग माओवादी विशेष अभियान’ सुरु गरिएको थियो । जस अन्तरगत बैतडीका सबै पालिकामा सुरु गरिएको अभियानको समीक्षा गर्दै भावी दिनमा थप प्रभावकारी बनाउने नेताहरूले जोड दिएका छन् ।
बैतडीको पाटनमा गरिएको समीक्षा कार्यक्रममा बोल्दै माओवादी नेताहरूले अभियान थप गाउँघरमा प्रभावकारी बनाउन जोड दिएका हुन् । नेकपा माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले यस अघि सुरु गरिएको एक महिने अभियानको समीक्षा गर्दै भावी दिनमा थप अभियान प्रभावकारी बनाउने विषयमा नेताहरूले धारणा राखेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका माओवादी केन्द्रका केन्द्रीय सचिव तथा सुप प्रदेश इन्चार्ज डिलाराम आचार्य, विशिष्ट अतिथि सुप प्रदेशका तत्तकालिन इन्चार्ज खगराज भट्ट, केन्द्रीय सदस्य राम प्रसाद तिम्सिना, भरत धानुक, मञ्जु बम, वैकल्पिक केन्द्रीय सदस्य माया नेगी,भक्त विश्वकर्मा, प्रदेश उपाध्यक्ष मानसिंह माल (क्रान्ति),प्रदेश सदस्य प्रेम प्रकाश भट्ट (आदित्य),विक्रम कुँवर, शैलेश धानुक,जिल्ला सचिव रमेश बहादुर चन्द सहितका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
बैतडी जिल्लाका सबै पालिका, वडा, गाँउबस्तीहरुमा थप प्रभावकारी अभियान सञ्चालन गर्दै जनताको सुझाव संकलन गर्ने तर्फ केन्द्रित हुने समीक्षा गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.