बैतडीः दोगडाकेदार २ भित्रका बिद्यालयहरुको टोल शिक्षा संञ्चालनका लागी यस्तो निर्णय
बैतडी–असोज १८/ बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर २ भित्रका बिद्यालयहरुले संयुक्त रुपमा टोल शिक्षा सञ्चालन गर्ने निर्णय गरेका छन । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आबश्यक सावधानी अपनाएर लामो समयदेखि रोकिएको पठनपाठनलाई निरन्तरता दिन बिद्यालयहरुले टोलहरु छुट्टाएर संयुक्त रुपमा टोल शिक्षा सञ्चांलन गर्ने निर्णय गरेका हुन । वडा भित्रका चनैराज प्राबि, रौलेश्वर माबि र भुमीराज आधारभुत बिद्यालयका शिक्षक तथा बिद्यालय ब्यबस्थापन समितिका पदाधीकारीहरुले बिद्यार्थीहरु एक टोलबाट अर्को टोलमा जान नपाउने गरी टोलमै बिषयगत शिक्षकहरु पठाएर पठनपाठन गर्ने निर्णय गरेको भुमीराज आधारभुत बिद्यालयका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष अर्जुन कुवँरले जानकारी दिनुभयो । जुनसुकै बिद्यालयमा अध्ययनरत बिद्यार्थी भए पनि अब तोकिएको टोलमै अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो । आजको बैठकले वडा भित्रका ६ टोलहरु तोकेको छ । बिषयगत शिक्षकहरुले अब बिहान ८ बजेदेखि १० बजेसम्म प्रत्येक टोलमै गएर अध्ययन गराउने छन । बैकल्पीक प्रणालीबाट बिद्यार्थीहरुको सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिक बिद्यालयहरुले यस्तो निर्णय गरेका हुन ।