बैतडीः मेलौलीमा बन्दको अबधि थपियो

बैतडी–असोज १८/  बैतडीको मेलौली नगरपालिकामा घोषणा गरिएको बन्दको समय अबधि  थपिएको छ । नगरपालिकाको गाडी चलाउने चालकमा कोरोना पुृष्टि भए पछि असोज १३ गतेदेखि १७ गते रातिसम्मका लागी अत्याबश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएकोमा नगरपालिकाले आइतबार एक सुचना जारी गर्दै बन्दको समयअबधि थपिएको जानकारी दिएको छ ।

अर्को सुचना जारी नभए सम्मका लागी नगरपालिका तथा वडा कार्यालयहरुबाट प्रदान गरिने सेवा, नगरपालिकाका भित्रका सम्पुर्ण बिद्यालयहरुको पठनपाठन र लामालेक बजारदेखि मणिलेक माबि सम्मको बजार क्षेत्र पुर्ण रुपमा बन्द गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत काली प्रसाद भट्टद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ । अहिलेसम्म पनी सम्भाबित सबै नमुनाहरुको रिर्पोट नआएकोले नगरपालिकामा बन्दाबन्दिकाे अवधि थपिएको नगरपालिकाकी उपप्रमुख राधा ओझाले बताउनुभएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.