बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा सरसफाइ गरियो

बैतडी असोज ८ ः बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलालाई मध्यनजर गरेर मन्दिर परिसरमा सोमबार बिहान सरसफाइ गरिएको छ ।

निङ्गलाशैनी भगवती मन्दिर धार्मिक सेवा समिति,देहीमाण्डौं बजार व्यवस्थापन समिति र स्थानीय युवाहरुको सक्रियतामा सरसफाइ गरिएको स्थानीय दिपेन्द्रबहादुर बोहराले बताए ।

निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा यही असोज १० देखि १२ गते सम्म मेला लाग्दैछ । सो मेलामा नेपालका मात्रै सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत दर्शनका लागि आउने गरेका छन् ।

मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयले सबैलाई आग्रह समेत गरेको छ । मेलाको समयमा मदिराको कारोबार र सेवनमा रोक लगाएको वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.