बैतडीमा स्थानीय तहका कर्मचारीहरुद्धारा सरकारसमक्ष ज्ञापनपत्र पेश

बैतडी असोज ७ ः स्थानीय तहका कर्मचारीहरुले सरकारसमक्ष ज्ञापनपत्र पेश गरेका छन्। जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी शंकर बोहरा मार्फत संघीय सरकारसमक्ष ज्ञापनपत्र पेश गरेका छन्। संघीय निजामति विधेयक संशोधनसहित संसदमा पेश गर्ने माग गर्दै ज्ञापनपत्र पेश गरेका हुन्।

स्थानीय तहका कर्मचारीहरुले दशरथचन्द नगरपालिकाको शिक्षा साखाका प्राबिधिक सहायक दिपक प्रशाद भट्टको संयोजकत्वमा जिल्लास्तरीय संघर्ष समिति गठन गरेको छ। गठन गरिएको संघर्ष समितिले सरकारसमक्ष ज्ञापनपत्र पेश गरेको दशरथचन्द नगरपालिकाका प्राबिधिक साखामा कार्यरत सब इन्जिनियर लक्ष्मण भट्टले जानकारी दिए। स्थानीय निकायका कर्मचारीहरुको हक हितका मागहरु समेटेर ज्ञापनपत्र पेश गरिएको उनले बताए।

स्थानीय तहकाकर्मचारीहरुले संघीय निजामति विधेयक संशोधनसहित संसदमा पेश गर्न माग गरेका छन्। स्थानीय तहका कर्मचारीहरुलाई बिभिन्न सेवा सुबिधाट बिमुख हुने तरिकाले तयार पारएको विधेयकलाई संशोधन गरेर मात्रै संसदमा पेश गर्ने माग गर्दै आएका छन्।

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा एन जारी गरिनुपर्ने, संघीय, प्रदेश र स्थानीय सेवाको पदमा बहाल रहेका स्थायी कर्मचारीलाई निजामती परिभाषामा समेटिनुपर्ने, स्थानीय तहको कार्यकारी पदमा स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, सरुवा प्रर्णालीमा पनि स्वचालित, वैज्ञानिक, पूर्व अनुमानयोज्ञ र चक्रिय प्रर्णाली अनुसार २–२ वर्षमा सरुवा हुनुपर्ने लगायतका १४ वटा मागका मुख्य बुदा समेटेर ज्ञापनपत्र पेश गरिएको हो।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.