कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि बैतडीमा ७ ओटा केन्द्र तोकिए

बैतडी असोज ६ ः कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि बैतडीमा सातओटा केन्द्र तोकिएका छन् । यही असोज ९ र १० गते सञ्चालन हुने कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि सातओटा केन्द्र तोकिएका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताए ।

बैतडीमा कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा १ हजार ३१३ जना परीक्षार्थी सहभागी हुनेछन् ।

विरेन्द्र मावि शाहीलेक, सनातन धर्म मावि श्रीकोट, कृष्ण मावि पाटन, डिलेश्वरी मावि हाट, अर्जुन मावि गाँजरी, मणिलेक मावि काँडा र कुलाउ मावि कुलाउमा केन्द्र तोकिएका सूचना अधिकारी शर्माले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.