बझाङमा खुकुरी प्रहार गरि एक जनाको हत्या
बझाङ असोज ५ ः बझाङमा खुकुरी प्रहार गरि एक जनाको हत्या भएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षिय जैरु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षिय बिजुली मण्डेलले खुकुरी प्रहार गरि हत्या गरेको आरोप लागेको छ ।
शुक्रबार साँझ साडि सात बजे हत्या गरि आरोपित फरार भएको स्थानीय मिन बहादुर मण्डेल ले बताउनु भयो । उहाँका अनुसार सामान्य बोलचाल हुँदा आरोपित बिजुलीले जैरुको घर आँगनमै गएर खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।
प्रहरीका अनुसार हत्यारा आरोपित बिजुलीको लोकेसन ट्र्याक गरेर खोजी भइरहेको र केहीबेरमा पक्राउ पर्ने सम्भावना रहेको छ ।