बैतडीः २ सय २ जनाको स्वाब परीक्षण, दुई जनाको रिपोर्ट पोजिटिभ
असोज -१८/ बैतडी अस्पतालको प्रयोगशालमा गरिएको परिक्षणमा दुई जनाको रिपोर्ट पोजिटिभ आएको छ । प्रयोगशालमा पछिल्लो २४ घण्टामा २ सय २ जनाको स्वाब परीक्षण गरिएकोमा दुई जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
जिल्ला अस्पतालमा सञ्चालीत पिसीआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय २ जनाको स्वाब परीक्षण गरिएकोमा दुई जनाको रिपोर्ट पोजिटिभ आएको जिल्ला अस्पताल बैतडीका सुचना अधिकारि मोहन ठगुन्नाले जानकारि दिनुभएको छ ।
उहाँका अनुसार बैतडीको दशरथचन्द नगरपालिकाका ५९ वर्षिय कोरोना संक्रमित पुरुषको दोस्रो रिपोर्ट पोजिटिभ आएको छ भने दाुर्चलाका एजनामा कोरोना पुष्टि भएको छ ।
आज संक्रमण पुष्टि भएका बैतडीका पुरुषको दोस्रो रिपोट पोजिटिभ आएको हो । यस्तै दार्चुलाका ३० वर्षिय पुरुषको पहिलो रिपोर्ट पोजिटि आएको भन्दै सुचना अधिकारि ठगुन्नाले दार्चुलाका पुरुषको स्थानियतह र वडा नखुलेको बताउनुभयो ।अहिले सम्म बैतडीका ४ सय १३ जनामा कोरोना देखिएको छ ।