पुर्चौडी क्याम्पसमा तिजको शुभकामना तथा दरखाने कार्यक्रम आयोजना हुँदै

हजारी महरा बैतडी भाद्र ३० :  हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा पुर्चौडी बहुमुखी क्याम्पसमा तिजको अवसरमा शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रमको आयोजना गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन पुर्चौडी बहुमुखी क्याम्पस हाट बैतडीले भदौ ३१ गते भोली कार्यक्रमको आयोजना गरेको हो ।

स्वतन्त्र विद्यार्थी युनियन पुर्चौडी बहुमुखी क्याम्पसमा तीजको अवसरमा शुभकामना आदान प्रदान तथा स्थानिय कलाकारको उपस्थितीमा तीज बिषेस सास्कृतिक कार्यक्रम आयोजना गरियको सभापति बागमती कुमारी ऐरले बताईन् ।

दरखाने कार्यक्रम यही ३१ गते आइतवारका दिन विहान ८ बजेदेखि सञ्चालन हुने बताइएको छ । कार्यक्रममा सहभागी भइ सफलताका साथ सम्पन्न  गर्न  सभापति ऐरले सबैलाई अनुरोध गरेकी छिन् ।

तीज आउन अब १ दिन मात्र बाँकी रहँदा गाउँघरमा तीजको रौनकता छाईरहेको छ । दिदीबहिनी जम्मा भएर दर खाएर नाचगान गर्ने कार्यक्रम जारी रहेको छ । यसपालिको तिज सब्य भब्य र मर्यादाका साथ सम्पन्न गर्न नेपाली महिला हरुले अहम भुमिका खेल्नु जरुरी देखिन्छ ।
हिन्दु महिला हरुको महान चाड तिज २०८० को सम्पुर्णमा शुभकामना ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.