बैतडीको पुर्चौडी नगरपालिकामा गरिएको बन्द सोमबारबाट खुल्ने 

बैतडी–असोज १८ / बैतडीको पुर्चौडी नगरपालिकामा गरिएको बन्द सोमबारबाट खुल्ने भएको छ । नगरपालिकाका उपप्रमुख जानकी ऐर बमको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले सोमबारबाट बन्द खोल्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणका कारण मृत्यु बरणगरेका पुरुषको सम्पर्कमा आएका सबैजनाको रिपोर्ट नेगेटिभ आएपछि बन्दाबन्दी खोल्ने निर्णय भएको नगरपालिकाका स्वास्थ्य संयोजक बिनोद कुवरले जानकारिदिनुभएको छ ।

भारतबाट फर्किएका पुर्चौडीका एक नागरिकको कोरोना संक्रमणका कारण मृत्यृ भए पछि नगरपालिकाले आकस्मिक बैठक डाँकेर असोज ११ गतेबाट नगरपालिकामा बन्दको घोषणा गरेको थियो । बन्दका कारण जनजीवन प्रभाबित भए पछि भोलीबाट नगरभित्रका सम्पूर्ण सार्वजनिक, सरकारि, तथा गैर सरकारि कार्यालय, संघसंस्था , बैँक तथा वित्तीय संस्थाहरु र यातायात पनी सुरक्षाका आबश्यक मापदण्डहरु पालना गर्दै सञ्चालन गर्ने निर्णय गरिएको छ ।

यस्तै बिद्यलाय सञ्चालनका बिषयमा भने नगर शिक्षा समितिको अर्कौ बैठकले निर्णय गर्ने जनाईएको छ । यस अघि लामो समयपछि सञ्चालनमा आएका बिद्यालयहरु पनी असोज ११ गतेबाट बन्द भएका थिए ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.