बैतडीको दोगडाकेदार ३ मा विभिन्न पार्टी परित्याग गरि माओवादीमा प्रवेश

बैतडी भाद्र २८ : बैतडीको दोगडाकेदार ३ मा माओवादीको बिशेष रुपान्तरण अभियान सम्पन्न भएको छ । संगठन सुदृढीकरणका लागि नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको तीन महिने बिशेष रुपान्तरण अभियान अन्तर्गत बिहीवार दोगडाकेदार गाउँपालिका ३ मा कार्यक्रम सम्पन्न भएको नेकपा माओवादी केन्द्र बैतडी जिल्ला समन्वय समिति संयोजक शंकर भण्डारीले जानकारी दिए ।

वडा कमिटि अध्यक्ष परसुराम जोशीको सभाध्यक्षता तथा जिल्ला इन्चार्ज राम प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको उनले बताए । यस्तै कार्यक्रममा ५ जना पार्टी प्रवेश गरेका छन् । नेकपा एमाले र काँग्रेस पार्टी परित्याग गरेर ५ जना माओवादी केन्द्रमा प्रवेश गरेका संयोजक भण्डारीले बताए ।

बैतडीको ८४ ओटै वडामा अभियान जारी रहेको छ । तीन महिनाका लागि जारी अभियानमा सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, वार्ड कमिटि गठन र पुनगर्ठन र जनवर्गाीय संगठनहरुलाई सक्रिय बनाउने काम भैरहेका छन् ।

बिशेष रुपान्तरण अभियानका लागि बैतडीका १० ओटै पालिकामा इञ्चार्जहरु खटिएका छन् । जनतासंगको सम्बन्धलाई बलियो बनाएर पार्टी संगठनलाई विस्तार गरिने काम भैरहेको माओवादी केन्द्रले जनाएको छ । देशैभरको अभियान भएको हुनाले पार्टीको संगठन विस्तारमा अभियानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको नेकपा माओवादी बैतडी इन्चार्ज राम प्रसाद तिमिल्सिनाले बताए ।

माओवदी पार्टी नेतृत्वको सरकारले गरिराखेको कामहरुका कारण पार्टी प्रति आकर्षण बढेको पाइएको पनि उनले बताए । वडा तहदेखि संगठन सुदृढीकरण र विस्तारका लागि अभियान नेकपा माओवादी केन्द्रको अभियान जारी रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.