चितुवाको आक्रमणबाट पञ्चेश्वरमा किशोरी गम्भीर घाइते
बैतडी भाद्र २१ चितुवाको आक्रमणबाट बैतडीको तल्लो स्वराडमा बिहीबार एक किशोरी गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ बगरेठीकी १७ वर्षीय पुजा लुहार रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।
बिहीबार मध्यान्ह साढे १२ बजेतिर घर नजिकै रहेको बगरेठी भन्ने ठाउँमा घाँस काट्न गएकी पुजालाई चितुवाले आक्रमण गरेको हो। चितुवाले घाँटीमा आक्रमण गरेको र उनको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।
घाइते पुजालाई उपचारको लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली ल्याइएको छ। चितुवाले किशोरीमाथि आक्रमण गरेपछि त्यसक्षेत्रका नागरिक त्रसित भएका छन्।