वडा कार्यालय रातारात सारेको कुरा झुटो हो ः वडा अध्यक्ष्य अवस्थी

बैतडी– बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष्य मदनराज अवस्थीले रातारात वडा कार्यालय अन्तै सारेको कुरा झुटो रहेको बताएका छन ।
रातारात वडा कार्यालय सारेको भन्दै वडावासीले लगाएको आरोप झुटो रहेको उनले बताए ।उनले स्थानीयले लगाएको आरोप झुटो रहेकोतर वडा कार्यालय अर्को ठाउँमा सारेको बताए ।
उनले भने,“रातारात सारेको कुरा त झुटो हो । तर वडा कार्यालय भने अर्को ठाउँमा सारीएकै हो । त्यहाँ नेटको समस्या भएकोले नयाँ ठाउँमा नेटबाट काम गर्न सहज हुनेभएका ले यहाँ सारेका हौ । तर विना जानकारी भने सारिएको होईन् ।’’उनले ४ गते जनप्रतिनिधिको बैठक बसेर निर्णय गरी ५ गते बिहान १० बजे वडा कार्यालय भवन सारिएको बताए ।
साविकको कार्यालय रहेको ठाउँ लम्भ्वामा नेट राम्रो नचल्दा अनलाइनबाट गर्नुेपर्ने कार्यहरु नभइरहेकोले नयाँ ठाउँमा वडा कार्यालय प्रकिृयागत हिसाबले सारीएको उनले बताए । साथै उनले साविकको कार्यालय रहेको ठाउँ लम्भ्वामा सुरक्षाको हिसाबले पनि कमि रहेको बताए ।
वडा कार्यालय आफु बस्ने ठाउँ नजिक स्थापना गरेको भन्दैे वडाका नागरिकहरु भने आन्दोलनमा उत्रिएका थिए ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.