२०८० सालको मलमास र गौरा पर्वको बारेमा जोतिष हरीकृष्ण भट्टको भनाई
श्री गणेशाय नम ःश्री सरस्वतीमाता नम ः श्री निगलासैनी मता नम ः श्री गोपाञ्जल वावा नम ः
वि.स.२०८०।४।२ गते देखी मलामास (अधिक बर्ष) परेके छ। यस लाई पुरुषोत्तम मास पनी भनीन्छ अधिक मास भनेको केहो? यो कसरी पर्छ? कती सम्मको अन्तरालमा पर्छ ?यो मास परेपछी के हुन्छ ?यस्तो अवधिमा के के काम गर्नु हन्छ?के के काम गर्नु हुदैन भन्ने सबैको मनमा जिज्ञासा हुनु स्वभाविकौ हो ।यस लेखको माध्यमबाट यि सबै प्रश्नको उत्तरदिने प्रयास गरेको छु ।खास गरी पुर्वीय दर्शनमा आस्था राख्नेहरुले यस सम्बन्धमा चासो राख्ने गर्दछन्। मलामास वा अधिकमास भनेको बढी भएको महिना हो। १२ महिना एक वर्षको हुन्छ। दुई पक्षको एक महिना हुन्छ ।पक्ष २ किसिमका हुन्छन् ।शुक्ल पक्ष र कृष्ण पक्ष शुक्ल पक्षको अन्तमा पुर्णीमा र कृष्ण पक्षको अन्तमा औशी पर्दछ । ज्वतिष शास्त्र अनुसार १६ ओटा तिथी हुन्छन् । तिथी र चन्द्रमाको सम्बन्ध अती घनिस्ट हुन्छ ।चन्द्रमान अनुसार ३५४ दिनको वर्ष हुन्छ भने सुर्य सिद्धान्त अनुसार ३६५ दिनको वर्ष हुन्छ ।सुर्य देब १२ महिना १२ राशिमा भ्रमण गर्दछ ।बैशाखमा मेष राशी जेठमा बृष राशी असारमा मिथुन राशी साउनमा कर्कट राशी भाद्रमा सिह राशी असोजमा कन्या राशी कार्तिकमा तुला राशी मंसिरमा बृशिचक राशी पुषमा धनु राशी माघमा मकर राशी फागुनमा कुम्भ राशी र चैतमा मिन राशीमा भ्रमण गर्दछ। त्यसले प्रत्येक संक्रान्तीलाई राशी अनुसार नामले पुकारीन्छ ।जस्तै बैशाख १ गतेलाई मेष संक्रान्ती भनीन्छ ।त्यस्तै क्रमश मेश बृष, मिथुन, ,कर्कट सिह कन्या तुला बृशिचक धनु मकर ,कुम्भ ,मिन संक्रान्ती भन्ने गरीन्छ। यसरी सुर्यमान र चन्द्रमानको आधारमा १ वर्षको दिनको संख्यामा फरक पर्दा पक्षहरुमा असर पर्न गई मिहिना र पक्ष मिलान गर्नको लागी अधिकमासको व्यवस्था गरी चन्द्रमान र सुर्यमानको वर्षको गणनामा फरक नपर्ने गरी तिथी र पक्षहरु मिलाउनु पर्ने हुन्छ ।यसरी सुर्यमान र चन्द्रमानको बढी हुन आएको समयलाई अधिकमास भनीन्छ । अधिकमास३२ महिना १६ दिन ४ घण्टा भएपछी शुरु हुन्छ । यस्तो अवस्थामा एकै महिनामा २ ओटा औशी पर्दछन् । चन्द्रमान अनुसार दुई पक्ष अर्थात ३० दिनको महिना हुन्छ भने सुर्यमान अनुसार २९,३०,३१,३२ दिनका महिना हुन सक्छन् । चन्द्रमान अनुसार २४ पक्षको एक वर्ष हुन्छ भने सुर्यमान अनुसार १२ महिनाको एक वर्ष हुन्छ । हिन्दुकाल गणना अनुसार विपला, पाला, घडि, दिन, रात , हप्ता पक्ष महिना ऋतु आयन वर्ष दशावदी, सदाब्दी, युक, मनन्तर, कल्प, क्रमश सानो देखी ठुलो क्रममा गणना गरीन्छ।
मलामासलाई पुरुषोत्तम मासपनी भनिन्छ । भागबान बिष्णुले पुरुषोत्तम मास (१३ औ महिना खडा गरी )हिरण्य कश्यपको नाश गरेको हुनाले यसलाई बिशेष महत्वका साथ हेरीन्छ । पुरुषोत्तम मासमा भागबान बिष्णुको आराधाना गरेमा पुण्य प्राप्त हुने कुरा धर्म शास्त्रमा रहेको छ । पुरुषोत्तम मासमा कुनै काम गर्ने संकल्प गरी ब्रहम मुर्हतमा उठेर ध्यान गर्नाले मनको इच्छा पुरा हुन्छ भन्ने मान्यता रहेको छ ।यस कारण निकट भविस्यमा पर्न गईरहेको पुरुषोत्तम मासमा संकल्पको साथ ध्यान तप उपाशना गरी मौका को फाइदा उठाऔ ।
अधिकमास परेको समयमा गर्न हुने र गर्न नहुने कामको बारेमा पनी हाम्रो धर्म शास्त्रले प्रस्ट पारेको छ ।सबैलार्ई सजिलोको लागी तल यसको बारेमा स्पस्ट उल्लेख गरीएको छ ।
अधिकमासमा गर्नुहुने कामहरु
१ स्नान
२सन्ध्या
३ पञ्चयन पुजा
४ दुर्गा पुजा
५ चतुमास ब्रत
६ तुलसीपुजा विवाह
७ राम नवमी ब्रत लगायतका ब्रतहरुको उपाशना
८श्राद्ध –मलामासमा नै स्वर्गारोहण भएका ब्यात्तीको
९ तर्पण
१० मृतकको क्रिया
११ ग्रहणको स्नान जल नित्यकर्महरु गर्न सकिन्छ ।
अधिकमासमा गर्नुनहुने कामहरु
१ इनार कुवा बगैचा निमार्ण गर्नु
२ गृहरम्भ र गृह प्रबेश
३ नया देवताको स्थापना
४ प्राण प्रतिस्ठा
५ चन्द्रमाको ब्रत आरम्भ
६ बधु प्रबेश तुलादान महादान
७ श्राद्ध
८ दीक्षा ग्रहण चुडाकर्म ब्रतबन्ध विवाह
९ कहिले नगरेको देवताको र्दशन
१०तीर्थ यात्रा
११ राज्या भिशेक
१२ दीव्य परीक्षा आदी
अधिकमासमा कसैको मृत्यु भएमा काज क्रिया अधिकमासमा गरेपनी मासिक श्राद्ध अर्धबार्षीक श्राद्ध बार्षीक श्राद्ध वार्षिक शुद्ध महिनादेखी गणना गरी गर्ने चलन रहेको छ । एकोतिष्ठि श्राद्धपनी अधिकमासमा परेको महिनाको तिथीमा शुद्ध पक्षमा गरीन्छ ।
यसरी अधिकमासमा चन्द्रमान र सुर्यमानमा एक रुपता ल्याउनको लागी गरीएको विशेष व्यवस्था हो श्रावण महिना –कालो महिना)सुदुरपशिचम क्षेत्रमा सम्पुर्ण देवालयहरुमा बत्ती बाल्ने –दियो जलाउने चलन रहेको छ ।यस पाली कालो महिनामा बत्ति बाल्ने काम पनी प्राय बन्द नै हुने छ ।२०८० सालमा पर्ने अधिकमासको कारणले मानस खण्डमा मनाईने गौरा पर्वलाई पनी असर पारेको छ । गौरा पर्व भाद्र शुक्ल अस्टमीको दिन पर्ने पर्व हो । यो पर्व २ अवस्थामा मनाउनु बञ्चीत गरीन्छ । १ अगस्ती उदय भएपछी २ सुर्य कन्या राशीमा गएपछी। अगस्ती उदय भएपछी भाद्र शुक्ल अस्टमी परेमा भाद्र कृष्ण पक्षको अस्टमी तीथीमा पनी यो पर्व मानाईन्छ । कहिलेकाही साउन महिनामा पनी यो पर्व पर्ने गदर्छ । यस पालीको भाद्र शुक्ल अस्टमी असोज महिनामा पर्ने भएककोले गौरा पर्व साउन शुक्ल अस्टमीमा मनाउने निर्णय गरीएको छ । जुन भाद्र ७ गते पर्ने देखिएको छ । पुत्रदा एकादशि(गोरे एकादशि) लाई आधार मानेर भाद्र २१ गते गौरा पर्व मनाउने भन्ने पनी कुरा सुनीएको छ ।भाद्र २० गते अगस्ती उदय भैईसक्ने भएकाले २१ गते गौरा पर्व मनाउने कुरा त्यती उपयुत्त छैन । किन भने अगस्ती उदय भएपछी गौरा पर्व कुनै हालतमा पनी मनाउनु हुदैन भनेर शास्त्रमानै किटानी व्यवस्था छ । जुन गौरापर्व मनाउने मुल आधार स्तम्भ हो । गोरे एकादशि पहिलौ चोटी ब्रत लिनेहरुका लागी अनिवार्य रहेको छ। तर सबैको लगी जरुरी छैन बरु बाधा अडचन फुकाउने नै हो भने असाढ महिनाको २८ गते पर्ने कानीका एकादशमीलाई उपाशना गरेर भाद्र ७ गते गौरा पर्वको ब्रत लिन उपयुत्त देखिन्छ । किन भने विषेश परिस्थितीमा मुल सिद्धान्त मास्नु भन्दा सहायक सिद्धान्त मास्न सकिन्छ ।
लेखकः जोतिष हरीकृष्ण भट्ट
द.न.पा. १ गुरुखोला सुजडा बैतडी