बैतडीः मरेका पशुहरु जथाभावी फाल्नाले वातावरण प्रदुषण बन्दै,मान्छे रोगको सिकार बन्न सक्ने, ध्यान दिन जरुरी

करुणाकर भट्ट,बैतडीः पछिल्लो समय फैलिरहेको लम्पी स्किन भाईरसले पशुहरु धमाधम मर्न थालेपछि जथाभावी फाल्नाले वातावरण प्रदुषण बन्दै गएको छ । निकै प्रकोप लिईरहेको भाइरसले पशुहरु मर्न थालेपछि लथालिé फाल्नाले वातावरण प्रदुषण बन्दै गएको हो । यो भाइरसले पशुहरु मर्ने र जथाभावी फाल्नाले वातावरणमा असर पर्दै गएको छ । पछिल्लो समयमा निकै विकराल बन्दै गएको लम्पी स्किन रोगले बैतडीमा धेरै पशु चौपाया मरिसकेका छन् । यी पशु चौपाया अन्दाधुन्द फाल्नाले वातावरणमा प्रभाव परेको छ । मरेका पशुहरु जथाभावी फाल्नाले रोगका किटाणु उत्पन्न भई मानिस रोगको सिकार बन्ने देखिन्छ । यसरी मानिस विभिन्न रोगको सिकार भई मृत्यकोु मुखमा समेत पुग्छ यो अवस्था आउन नदिन यसमा हामीले सचेत हुनुपर्छ ।

तर कुनै वास्ता नगरी यहाँका स्थानियले मरेका पशुहरु लथालिéा फाल्नाले वातावरणमा निकै असर परेको देखिन्५ । जिल्लाका १० वटै स्थानिय तहमा लम्पी स्किनले क्षेत्र ओगटेको छ । दैनिक रुपमा धमाधम ५÷१० वटासम्म पशु मर्ने गरेका छन् । मरेका पशुहरु फाल्नाले वातावरण विग्रदै जाने बैतडी गोकुलेश्वरका किरण भण्डारीले बताए । उनले भने,स्थानिय पशु मरे अन्दाधुन्द फाल्छन् यसरी फाल्दा भोली वातावरणमा प्रभाव पर्छ यसले असर गर्छ हामीले लिने अक्सिजन खराब हुन्छ । हामीले लिने भनेको अक्सिजन हो । मानिसलाई बाच्न हावा चाहिन्छ हामीले हावा नै सफा पाएनौँ भने रोगको दास बनिन्छ । यस्तै उनले मरेका पशु जथाभावी नफाल्न र वातावरणमा पर्न सक्ने असरमा ध्यान दिन जरुरी रहेकोमा जोड दिनुभयो । उनले मरेका पशु चौपायालाई खाडल खनेर गाड्न उचित रहेको बताउनुभयो । उनले भने बरु मरेका गाई वस्तुलाई खाल्डो खनेर पुरीदिए राम्रो न गन्ध आउछ नत वातावरण नै फोहोर वातावरणमा असर आउन नदिन सबैले लाग्नुपर्ने उनले बताउनुभयो ।

यस्तै पाटन नगरपालिका ४ का स्थानियले मरेका पशुहरु जथाभावी फाल्नाले वातावरण विग्रदै गएको बताएका छन् । उनिहरुले पशु चौपाया मरे स्थानियले जथाभावी फाल्नाले वातावरणमा असर परेको बताएका हुन् । केहि स्थानिय नागरिकले आफना मरेका पशुहरु खाडल खनेर गाडेको बताएका छन् । उनिहरुले मरेका पशु धेरै स्थानियले अन्दाधुन्द फालेको बताए । साथै उनिहरुले मरेका पशु जथाभावी फाल्नाले मानिस रोगको सिकार बन्न सक्ने चिन्ता व्यक्त गरे । यस्तै उनिहरुले यसमा ध्यान दिन उचित रहेको बताए ।

पछिल्लो समय लम्पी स्किनले विकराल रुप लिन थालेको छ । यसले पशु चौपाया धमाधम मर्न थालेका छन् । यसमा स्थानिय सरकार सरोकारवाला निकाय मौन बसेको छ । यसको रोकथाममा सबैले ध्यान दिन जरुरी छ । तर यसमा कसैको ध्यान नगएको स्थानिय नागरिकको गुनासो छ । यसको रोकथाममा सबैको ध्यान जान जरुरी रहेको छ । वातावरण प्रदुशण बन्दै गए एकदिन मान्छे रोगको सिकार भई छटपटाहट हुन्छ र मृत्युको मुखमा पुग्छ । यस्तो अवस्था आउन नदिन यसमा स्थानिय सरकार,सरोकारवाला निकाय सबैले ध्यान दिन आवश्यक देखिन्छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.