आज पृथ्वी सूर्यबाट टाढा ,वर्षकै लामो दिन

काठमाण्डौ – विहिवार अर्थात (आज) पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने र वर्षको सबैभन्दा लामो दिन हुने भएको छ । पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड किलोमिटर छ । आज यी दुईबीचको दूरी झण्डै १५ करोड २० लाख किलोमिटर टाढा पर्नेछ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भन्ने गरिन्छ । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका अनुसार पृथ्वी वर्षमा एक पटक सूर्य सबैभन्दा टाढा पुग्ने गरेको छ । पृथ्वी सूर्यको टाढा पुग्दा पृथ्वीको घुम्ने गति कम हुने हुँदा दिन लामो हुन जाने समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले बताउनुभयो । सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुने गर्दछ । आज उत्तरी ध्रुवमा सबैभन्दा धेरै गर्मीको अनुभूति समेत हुनेछ । उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत र दक्षिणी ध्रुवमा १० प्रतिशत व्यक्तिको बसोबास रहेको छ। सामान्यतया जुन २१ तारिख वर्षको लामो दिन र छोटो रात, सेप्टेम्बर २१ रात र दिन बराबर तथा डिसेम्बर २१ तारिख वर्षको सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हुने मानिन्छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.