एसईईको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी, आज बोर्ड बैठक बस्दै

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) – २०७९ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी भैरहेको छ । गत वर्षको चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको र रुजु गर्ने काम भैरहेको छ । नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि आज बोर्ड बैठक बोलाइएको छ । सकेसम्म भोलि नै र प्राविधिक कारण तयारी नसके पर्सि शुक्रवारसम्म नतिजा सार्वजनिक गर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको २०७९ कोे एसईईमा देशभरबाट झण्डै ४ लाख ८५ हजार विद्यार्थी सहभागी रहेका थिए ।
बोर्डले नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ ।अस्ति बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष डा. शर्माका अनुसार यसवर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकोले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गर्ने तयारी भैरहेको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.