धनगढीमा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण

असोज १७,धनगढी: कैलालीको धनगढी उप–महानगरपालिकामा रहेका  ५० जना अशक्त र पूर्ण अशक्त अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री व्हिलचियर र ट्राइसाईकल वितरण गरिएको छ।

अपांगता भएका व्यक्तिहरुको अवस्था अध्ययन तथा सहायक सामग्री नापजाँच कार्यक्रम सम्पन्न गरी करिब १५ लाख बराबरको सहायक सामग्री वितरण गरिएको अपांगता क्षेत्रमा कार्यरत अधिकारकर्मी नन्दराज भट्टले जानकारी दिए।

उक्त सामग्री राष्ट्रिय अपांगता पुनःस्थापन समाज र धनगढी उप–महानगरपालिकाको आर्थिक सहयोगमा हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख वडले  आगामी दिनमा पनि अपांगता शसक्तिकरण र क्षमता विकासको लागि सधै सहयोग  गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

समाचार/ तस्बिर दिनेशखबरबाट

सम्बन्धित

Leave A Reply

Your email address will not be published.