वर्षा सुरु भएयता बैतडीमा बाढी पहिरोको जोखिम उच्च, ध्यान दिन जरुरी,

केशब महराःबैतडी÷वर्षात सुरु भएसँगै लगातार पानी पर्न थालेपछि बैतडीमा बाढी, पहिरोको जोखिम बढ्ेको छ । जिल्लाको नदी तटीय क्षेत्र बाढी र भिरालो क्षेत्रमा पहिरोको जोखिम रहेको हो । जिल्लाका विभिन्न स्थानमा खनिएका ग्रामीण सडकहरुले पछिल्लो समय पहिरोको जोखिम बढाएको देखिएको छ । स्टमेट बिना नै खनिएका सडकले बर्षेनी ठूलो क्षति गर्ने गरेका छन् । खनिएका ग्रामीण सडकहरु वर्षा हुदाँ अहिले पहिरो गई हिलाम्मे समेत भएका छन् । उक्त सडकमा न गाडी गुडछन् न त मान्छे नै हिडछन् एकचोेटि खनिएका सडकमा न त अनुगमन नै गरिन्छ ।

यसरी अनुगमन नगर्दा सडक खनेर छोडदा पहिराको उच्च जोखिम बढाएको छ । यसलाई न्युनिकरणका लागि ध्यान दिनुपर्ने स्थानियको माग रहेको छ । यता जिल्ला विपद् व्यवस्थापन समितिले गत वर्ष तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका आठ स्थानीय तहमा पहिरोको जोखिम उच्च रहेको देखाएको छ । बर्षातको समयमा विपदका घटना घटन् सक्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पटक –पटक यो बिषयमा छलफल गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले जानकारी दिए । नदी तटीय क्षेत्रमा बाढीको उच्च जोखिम हुन सक्ने भन्दै सम्बन्धित स्थानीय तहहरुलाई उक्त विषयमा सचेत गराएको सूचना अधिकारी बोहराले बताउनुभयो । पहिरोको उच्च जोखिम भएका ठाउँमा सचेत रहन आग्रह गरिएको बताईएको छ ।

जिल्लाको सुर्नया, सिगास, डिलाशैनी, दोगडाकेदार, मेलौली, पाटन लगायतका क्षेत्रमा पहिरोको जोखिम रहेको छ । यस्तै जिल्लाको महाकाली, सुर्नया, सेती र चमेलिया नदी किनारका बस्तीहरुमा बाढीको जोखिम उच्च रहेकाले उक्त ठाउँका स्थानीयलाई सतर्कता अपनाउन विशेष आग्रह गरिएको छ । जिल्लामा पनि विपद्का घटना घटेमा उद्धारका लागि तालिम प्राप्त सुरक्षाको व्यवस्था मिलाईएको छ । यो बर्षातको समय भएकाले विभिन्न ठाउँमा सडक अवरुद्ध हुन सक्ने भन्दै स्थानीय तहहरुलाइ समेत स्काभेटर र डोजरको व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

विशेष त यो वर्षातको समय हो । यो समयमा बाढी पहिरो जाने सम्भावना बढी हुन्छ । दैनिक परिरहने पानीले माटो गल्दै जान्छ अनि जमिन बस्न गई पहिरो जान सक्ने हुन्छ । बाढी आउने महाकाली, सुर्नया, सेती र चमेलिया नदीमा पानीको मात्रा बढन् गई घर खेत बगाउने सम्भावना उच्च हुन्छ । जिल्लामा बाढी पहिरो गई क्षेति हुन नदिन, यसको रोकथाम गर्न समयमै सम्बन्धित निकाय सरोकारवालाले ध्यान दिन जरुरी रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.