डिभिजन वन कार्यालय बैतडी र हनुमानध्वज गुल्म गढी बैतडीको सहयोगमा कठपतेमा वृक्षारोपण गरियो

करुणाकर भट्ट, बैतडीः सन्ततिका लागि सोचौ.समृद्धि र हरियालीका लागि रुख रोपौ भन्ने नाराका साथ बैतडीको दशरथचन्द नगरपालिकामा वडा न. ४ कठपतेमा राष्ट्रिय वृक्षारोपण दिवस २०८० मनाईएको छ । डिभिजन वन कार्यालय बैतडी र हनुमानध्वज गुल्म गढी बैतडीको सहयोगमा विहिवार (आज ) कठपतेमा उक्त कार्यक्रम गरिएको हो । डिभिजन वन कार्यालय बैतडी र हनुमानध्वज गुल्म गढी बैतडीको सहयोगमा उक्त ठाउँमा १५० विरुवा वृक्षारोपण गरिएको छ । नाङ्गो डाँडालाई हराभरा बनाउनका लागि उक्त ठाउँमा विरुवा रापिएकोे बताइएकोे छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले डाँडालाई हरियाली बनाउनमा सबैले लाग्नुपर्ने बताउनुभयो । उहाँले स्थानिय, सामुदायिक वनका अध्यक्ष,स्थानिय जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यस्तै उहाँले उक्त ठाउँमा घेरवारको व्यवस्था नभएकाले रेखदेख गर्न जरुरी रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा नागरिक समाजका अगुवा अध्यक्ष गणेश ठकुराठीले वृक्षारोपण गरेर मात्र नहुने भन्दै संरक्षणको उचित व्यवस्था हुनुपर्ने बताउनुभयो । साथै उहाँले समय समयमा रेखदेख गर्ने मल जलको व्यवस्था मिलाउनु पर्नेमा सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको बताए । उहाँले भन्नुभयो हामीले वृक्षारोपण ग¥यैँो यो खुशीको कुरा हो यसलाई हराभरा बनाउन सके सबैको लागि आकर्षणको केन्द्रविन्दु बन्न सक्ने बताउनुभयो । उहाँले वृक्षरोपण गर्नु अति सराहानिय काम भएको भन्दै यस्तै वृक्षारोपण जिल्लाको नाङ्गो भागमा अझै गर्नुपर्ने बताउनुभयो । यस्तै उहाँले जिल्लाका सबै ठाउँमा वृक्षारोपण गरी जिल्लामा हरियाली वन उत्पादनमा सबैले लाग्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै दशरथचन्द नगरपालिकामा वडा न. ४ का वडा अध्यक्ष भान देव भट्टले वृक्षारोपण महत्तोपूर्ण राम्रो काम भएको भन्दै अझै वृक्षारोपण धेरै ठाउँमा गर्नुपर्ने देखिएको बताउनुभयो । उहाँले विरुवा रोपेर मात्र नहुने भन्दै जगेर्ना गर्नुपर्ने र प्रत्येक ठाउँमा विरुवा रोप्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र, नागरिक समाजका अगुवा, पत्रकार, स्थानिय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
आजको आवश्यकता भनेको वन जोगाउनु र हरियाली वन बनाउनु हो । यस्तो वन जंङगल निर्माण गर्नमा सबैले कदम चाल्नु जरुरी देखिन्छ । यसमा सामुदायिक वनका अध्यक्ष, स्थानिय नागरिक, जनप्रतिनिधि र सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.