बैतडीका नौ वटा स्थानिय तहको बजेट सार्वजनिक,के के गरिए समावेश,के कति बजेट (पूर्ण पाठ)
बैतडीः बैतडिका दश वटै स्थानिय तहहरुले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गरेका छन । दुई स्थानिय तहले यस अघि नै र ८ वटाले हिजो बजेट सार्वजनिक गरेका हुन । असार १० गतेभित्र बजेट ल्याईसक्ने व्यवस्था अनुसार पालिकाहरुले बजेट सार्वजनिक गरेका हुन । बैतडीको दशरथचन्द नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०÷८१ को लागि ८२ करोड १७ लाख ३८ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख कौशिला चन्दले आगामी आर्थिक बर्षको बजेट नगरसभामा पेश गरेकी हुन् । नगरपालिकाले आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, सुशासन लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको नगरपालिकाका प्रवक्ता अजबहादुर पाण्डेले बताए । नगरपालिकाले पूँजीगततर्फ ११ करोड विनियोजन गरेको छ यस्तै चालु खर्चतर्फ १३ करोड ४० लाख २८ हजार ८८९ रुपैंया बजेट विनियोजन गरेको छ । नगरपालिकाले आर्थिक विकासतर्फ ७५ लाख विनियोजन गरेको छ । सामाजिक विकासतर्फ ४ करोड ६० लाख विनियोजन गरेको छ । यस्तै पूर्वाधार विकासतर्फ १ करोड ६६ लाख विनियोजन गरेको नगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख विनियोजन गरेको प्रवक्ता पाण्डेले बताउनुभयो ।
जिल्लाको मेलौली नगरपालिकाले आगामि आर्थिक बर्ष २०८०÷०८१ को बजेट सार्बजनीक गरेको छ। शनिबार नगरपालिकाले १२ औँ नगरसभामा ४९ करोड बढीको बजेट सार्बजनीक गरेको हो। नगरपालिकाले आगामि आर्थिक बर्ष २०८०÷०८१ का लागि ४९ करोड ९३ लाख ९७ हजार ५ सय रुपैयाको अनुमानित बजेट सार्बजनीक गरेको हो। नगर उप–प्रमुख पार्वती बोहर बिष्टले निति तथा कार्यक्रम र बजेट सभामा प्रस्तुत गरेका हुन। पालिकाले ल्याएको बजेटमा कृषि, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकता दिईएको छ।
यस्तै जिल्लाको पाटन नगरपालिका आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ६३ करोड बढीको बजेट प्रस्तुत गरेको छ । आइतबार नगर उपप्रमुख कमलसिंह बोहराले नगर सभामा ६३ करोड ५३ लाख ६२ हजार २१० रुपैँया बराबरको बजेट बजेट प्रस्तुत गरेका हुन् । पाटनले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख गौरिसिंह रावलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो । यता पुर्चौडी नगरपालिकाले पनि अगामी वर्ष २०८०÷८१ का लागि ६४ करोड ५४ लाख ११ हजार बजेट ल्याएको छ । नगरपालिकाले पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताएको छ । नगर सभामा आइतबार बजेट प्रस्तुत गर्दै उपप्रमुख मीना धानुकले सामाजिक विकास र सुशासनलाई प्राथमकितामा राखेको बताइन् । पुर्चौडी नगरपालिकामा सामाजिक विकास तर्फ ८ करोड ५० लाख, वन बातावरण तथा विपद् व्यवस्थापन तर्फ ५० लाख, सुशासन तथा संस्थागत विकास तर्फ ९ करोड, पूर्वाधार विकासतर्फ ७ करोड र आर्थिक विकास तर्फ एक करोड विनियोजन गरिएको छ ।
यस्तै बैतडीको पञ्चेश्वर गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ३८ करोड ७३ लाख ७२ हजार २ सय बराबरको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक बर्ष २०८०÷८१ का लागि अनुमानित बजेट गाउँसभामा पेश गरेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन् । गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गर्दै उनले कृषि र विद्युतीकरणलाई पालिकाले प्राथमिकतामा राखेको उनले बताइन् । सभामा प्रस्तुत गरिएको बजेटलाई क्षेत्रगत हिसाबले असार २५ गतेभित्र विनियोजन गरेर पारित गरिने समेत उनले जानकारी दिईन् । जिल्लाको मेलौली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागिे ४९ करोड बराबरको बजेट ल्याएको छ । नगरपालिकाले अस्ति शनिवार नगर सभामा उक्त बजेट सार्वजनिक पेस गरेको हो । नगरपालिकाले पुराना कार्य्रकमलाई निरन्तरता दिएर शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ । यता जिल्लाको दोगडाकेदार गाउँपालिकाले अगामी आर्थिक वर्षको लागी ५१ करोड ४४ लाख भन्दा बढीको बजेट ल्याएको छ । गाउँपालिकाले अगामी आर्थीक वर्ष २०८०÷८१ का लागि ५१ करोड ४४ लाख ४० हजार ४ सयको बजेट ल्याएको गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए । गाउँपालिकाकी उपाध्यक्ष पावर्ती कार्कीले अगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गर्नु भएको हो । गाउँपालिकाले पुराना कार्य्रकमलाई निरन्तरता दिएर शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका प्रवक्ता भट्टले बताउनुभएको छ ।
यस्तै जिल्लाको शिवनाथ गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३६ करोड ३४ लाख ६७ हजार ९ सयको रुपैँयाको बजेट ल्याएको छ । भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राख्दै उक्त बजेट गाउँसभामा पेश भएको हो । शिवनाथ गाउँपालिकामा क्याम्पस स्थापनाका लागि पहल गरिने बताइएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा क्याम्पस स्थापनाका लागि पहल गरिने उल्लेख गरिएको छ । गाउँपालिकाभित्रका उच्च शिक्षा हासिल गर्न चाहाने विद्यार्थीहरुको सहजताका लागि क्याम्पस स्थापनाका लागि पहल गरिने गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदले बताए । ‘यस गाउँपालिकालिका भित्र उच्च शिक्षा प्रदान गर्न क्याम्पस स्थापनाका लागि आवस्यक पहल गरिने छ’ नीति तथा कार्यक्रममा भनिएको छ । यसैगरी विद्यार्थी शिक्षक, विव्यसको उत्कृष्ट कार्य सम्पदानलाई पुरस्कारसँग जोड दिने समसत जनाइएको छ । यसैगरी पालिकाको मातृभषाको संरुकक्षण गर्दै त्यस्ता भाषाको लिपि तथा व्याकरण लेखन तथा प्रकाशन गर्ने नीति ल्याएको छ । विदेश होइन बिजनेश भन्ने भावनालाई जागरुक तुल्याई युवाहरुलाई उद्यमसिलता विकास कार्यक्रम मार्फत रोजगारउन्मुख गराइने पनि निति तथा कार्यक्रममा समाबेस गराइएको छ । शिवनाथ गाउँपालिकामा आखाँ उपचार केन्द्र अस्पतालको लागि नेपाल नेत्र ज्योतीसंग आवस्यक सहयोग र समन्वय गरिने पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । शिवनाथमा ‘एक घर एक उद्योग’ अभियान अघि बढाइने पनि नीति तथा कार्यक्रममा समावेस गरिएको छ ।
बैतडीको सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष मञ्जु महरा बोहराले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । आगामी आर्थिक बर्षमा पालिकाभरी सञ्चालन गरिने कार्यक्रमहरुलाई समेटेर पालिकाको नीति तथा कार्यक्रम ल्याइएको हो । गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष बोहराले सुर्नया गाउँपालिकाको समग्र विकासका लागि गाउँपालिकाले पहल गर्ने बताइन् । गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा औद्योगिक ग्राम स्थापनादेखि नमूना विद्यालय घोषणा कार्यक्रम समेटिएका छन् । यस्तै उत्कृष्ट शिक्षक घोषणा, कक्षा ८को परीक्षमा उत्कृष्ट भएका छात्रछात्राहरुलाई पुरस्कार व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै पूर्ण संस्थागत सुत्केरी पालिका घोषणाका लागि पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसका लागि पालिकाभित्र रहेका बर्थिङ सेन्टरहरुको स्तरोन्नती गर्ने कुरा उल्लेख गरिएको छ । यस्तै सुत्केरी तथा दुर्घटना परेकाहरुलाई नजिकको अस्पतालसम्म निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइएको छ । यस्तै किशोरीहरुको क्षमता अभिवृद्धिका लागि आत्म रक्षा तालिम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको गाउँपालिकाले एकल महिलासंग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन गर्ने नीति ल्याएको छ ।यस्तै विद्युत महसुल बुझाउन पालिकाबासीलाई अप्ठ्यारो भन्दै विद्युतको महसुल संकलन काउन्टर स्थापनाका लागि पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै पालिकाभित्रको धार्मिक पर्यटन प्रवद्र्धनका लागि रौलाकेदार, गोफा केदार र पातालभुवनेश्वर धामको गुरुयोजना निर्माण गरिने उल्लेख गरिएको छ । यस्तै वडा कार्यालयका भवन नभएका वडाहरुमा भवन निर्माण गर्ने, लिफ्ट सिँचाइ योजनाहरु बनाउने, अधुरा र क्रमागत योजनाहरुलाई पूर्णता दिने, साना जलविद्युत आयोजना निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै एक घर एक फलफूल विरुवा अभियान सञ्चालन गर्नुका साथै ५ बर्षभित्र पालिकालाई धुँवारहित पालिका घोषणाका लागि पहल गरिने उल्लेख गरिएको छ । यस्तै पालिकाको आन्तरिक आय वृद्धिका लागि करदाता साक्षरता कार्यक्रम सञ्चालन गर्नुका साथै करको दायरा बाहिर रहेकाहरुलाई करको दायरमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै पालिकाको बेरुजुलाई फच्र्यौट गर्नका लागि पहल गरिने उल्लेख गरिएको छ । गाउँपालिकामा सूचना, प्रविधिका कार्यक्रमलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४२ करोड ८ लाख ४२ हजार बराबरको बजेट ल्याएको छ । समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त अनुदान र आन्तरिक आम्दानी समेत जोडेर बजेट ल्याइएको गाउँपालिकाले जनाएको छ । जिल्लाको सिगास गाउँपालिकाले अगामी आर्थिक वर्षको लागी ४३ करोड ८२ लाख बढीको बजेट ल्याएको छ । अगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सिगास गाउँपालिकाकी उपाध्यक्ष धाना धामीले ४३ करोड ८२ लाख ३१ हजार ८ सय बराबरको बजेट गाउँसभामा पेश गरेकी छन् । चालुतर्फ ३३ करोड ८९ लाख २४ हजार ८ सय र पूँजीगततर्फ तर्फ ९ करोड ९३ लाख ७ हजार बराबरको बजेट विनियोजन गरिएको उपाध्यक्ष धामीले बताइन् । गाउँपालिकाले केही नयाँ कार्यक्रमसहित पुराना कार्यक्रमलाई निरन्तरता दिएर शिक्षा स्वास्थ्य, यातायात र कृषिलाई प्राथमिकतामा राखेको जनाएको छ ।
यस्तै वाकी रहेको जिल्लाको डिलाशैनी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷८१ नीति तथा कार्यक्रम असार १५ गते ल्याउने तयारी भैईरहेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिनुभयो । उहाँले विभित विषयमा बजेट बाँडफाँड गर्नुपर्ने भएकाले आइतबार सभामा बजेट पेश गर्न नसकिएको बताए ।
यस वर्ष स्थानिय तहहरुले अरु वर्ष भन्दा कम बजेट ल्याएका छन् । स्थानिय तहले ल्याएको बजेट कार्यान्वयन हुनुपर्ने स्थानियको भनाई रहेको छ । आफनो गाउँ समाजको विकास र सभ्य समाज निर्माणका लागी जनप्रतिनिधिलाई जिताएर पठाएको जनताको भनाई छ । अहिलेको परीवेसमा जनप्रतिनिधिले जनताको हितको लागि काम गर्न जरुरी देखिन्छ ।