सुर्नया २ सतबाज बजारमा सिसि क्यामरा जडान
हरिशचन्द भाट,बैतडी – बैतडीको सुर्नया गाउँपालिकाद्धारा सतबाज बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ। गाउँपालिकाद्धारा सतबाज बजारमा सिसी क्यामेरा जडान गरिएको हो । गाउँपालिकाले सतबाज बजार क्षेत्रमा ४ ओटा सिसी क्यामेरा जडान गरिएको गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुवँरले बताए। अपराधिक क्रियाकलाप न्यूनीकरण गरि सुरक्षा व्यवस्थालाई थप सुदृढीकरण गर्न क्यामेरा जडान गरिएको गाउँपालिकाका अध्यक्ष कुवँरले बताए । जिल्ला प्रहरी कार्यालय बैतडीको पहलमा सिसी क्यामेरा जडान गरिएका बताईएको छ । बजार क्षेत्रका सबै गतिविधि जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट कार्यालय सतबाजमा देखिने गरी क्यामरा जडान गरिएका हुन् । आपराधिक गतिविधि नियन्त्रणमा सहज हुने विश्वास लिईएको छ । प्रहरीले निगरानी गर्ने गरि जडित सिसी क्यामेराले चोरी लगायतका अन्य अपराधिक क्रियाकलाप कम भई बजार क्षेत्र शान्त र सुरक्षित हुने विश्वास गरिएको छ ।