बैतडीको दशरथचन्द नगरपालिकालाइ पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
बैतडी– बैतडीको दशरथचन्द नगरपालिकालाइ पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । नगरपालिकालाई सोमबार (आज) पुर्ण खोप तथा सुनिश्चितता पालिका घोषणा गरिएको हो । यसअघि दशरथचन्द नगरपालिकाका ११ वटा वडालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो ।
यस्तै वडालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषण गरि एघारै वटै वडालाई प्रमाण पत्र समेत प्रदान गरिएको नगर प्रमुख प्रमुख पुष्करराज जोशीले बताए । बालबालिकाहरुले विभिन्न १३ रोग विरुद्ध पाउने खोपहरु राष्ट्रिय खोप तालिका अनुसार पाएको एकीन भएपछि पालिकालाई पूर्ण खोप वडा घोषणा गरिएको हो । पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी,नगर प्रमुख पुष्करराज जोशी, नगर उप प्रमुख कौशिला चन्द, दशरथचन्द नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर भुजेल, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्ट, समन्वय समिती प्रमुख,लगायत दशरथचन्द नगरपालिका ११ वटै वडाका वडा अध्यक्ष,नगरपालिकाका कर्मचारी, र स्थानियहरुको सहभागीता रहेको थियो।
जिल्लामा रहेका चार वटा पालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । अब वाकी पालिकाहरुलाइ छिट्टै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरि जिल्लालाई नै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने बताइएको छ ।