बैतडीको सिगाशमा ३६ लाखमा बनेको एक विद्यालय भवन एक वर्षमै चर्कियो, भूपू प्रधानाध्यापक भन्छन्,वर्षातको समयमा निर्माण भएकाले भवन बस्यो

केशब,महरा,बैतडीः बैतडीको सिगाश गाउँपालिका–१ स्थित बजकोटमा रहेको श्री नरेन्द्रपुर माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको एक वर्षमै चर्किएको छ । आर्थिक वर्ष २०७८ असारमा सम्पन्न भएको उक्त भवनमा निर्माण सामाग्री कमसल प्रयोग गरेपछि एक वर्षमै चर्किएको हो । भवनको बाह्यपट्टी दाँया र बाँया चर्किएको छ भने भित्रपट्टि पनि चर्किनुका साथै प्लास्टर समेत खस्न थालेको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा सिगाश गाउँपालिकाले विद्यालयको चार कोठे भवन निर्माणका लागि ३६ लाख रकम बिनियोजन गरेको थियो । उक्त चार कोठे भवन निर्माणका क्रममा काम गरेका कामदारहरुले पनि पारीश्रमिक नपाएको गुनासो गरेका छन् । आफुले भवन निर्माणमा काम गरेको पाउनुपर्ने २० हजार रुपैया नपाएको स्थानिय नन्दा महराले गुनासो गरिन । आफुलगायत अन्य ३ ÷४ जना कामदारले पनि पारीश्रमिक नपाएको उनले बताइन् ।
यता भूत पूर्वक प्रधानाध्यापक कृष्ण प्रसाद भट्टले तेतिवेला वर्षातको समय भएकाले पानी परेकोले ट्याक्टरमा वालुवा गिलो आएको र कामदारले तेस्तै वालुवा बोकेको र वर्षातमा वालुवा राम्ररी नफिटिएको बताए । उनले वर्षातमा निर्माण गरिएको विद्यालयको भवन बसेर चिरा परेको बताए । यस्तै उनले कामदारले ज्याला नपाएको गुनासोमा मा.वि खोल्दा चन्दा संकलन गर्दा विद्यालयमा काम गरे वाफत स्कुलमा चन्दा छोड्ने सहमति भएको बताए । साथै उनले केहि कामदारको रकम वाकी रहेको पनि बताए । यस्तै उनले विद्यालय भवन निर्माणमा आएको भन्दा बढी खर्च भएको र कामदारले रकम पाएको दाबि गर्नुभएको छ ।
यस्तै वि व्य स का अध्यक्ष नरेन्द्र वहादूर चन्दले वर्षातमा वालुवा राम्ररी नफीटिएको माटोको गारो लगाएको र भवन बसेको उनले बताए । हतारमा निर्माण गरीएको र पछि भवन बसेको अध्यक्ष चन्दको भनाई छ । सुरुमा ठेक्का लिएका प्रकाश जोशीले छोडेर गएको र हतार हतारमा काम भएको अध्यक्ष चन्दको दावी छ ।
यता सुरुमा ठेक्का पाएका प्रकाश जोशीले आफुले काम गरीरहदा भूत पूर्वक प्रधानाध्यापक भट्ट आफनै मनोमानिले चल्ने र कामदार आफना आसेपासे राखेकोे बताए । साथै उनले विद्यालय निर्माणमा सामान आफनै हिसाबले मगाउने र आफनो कुनै वास्ता नगरेकाले आफुले छोडेको र अहिले आफूलाई कुनै जानकारी नभएको उनले बताए। यता स्थानियहरुले भने भवन निर्माणमा लावरवाहि गरेको आरोप लगाएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.