बैतडीमा १ दिने सुर्तीजन्य पदार्थ सेवन न्युनिकरण सम्बन्धीे अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैतडीः बैतडीमा १ दिने सुर्तीजन्य पदार्थ सेवन न्युनिकरण सम्बन्धीे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विश्व सुर्तीजन्य पदार्थ रहित दिवस २०२३ का अवसरमा स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा सुर्तीजन्य पदार्थ सेवन न्यूनिकरणका लागि बनेका निति नियमका बिषयमा छलफल भएको छ । सुर्तीजन्य पदार्थ सेवनले शारीरिक तथा आर्थिक नोक्सानी व्यहोर्नुपर्ने भएकाले यसको सेवन न्युनिकरणका लागि अभियानको थालनी गर्नुपर्ने भनाई रहेको छ । नागरिक समाज बैतडीका संयोजक गणेश ठकुराठीले सुर्तीजन्य पदार्थ न्युनिकरणका लागि बनेका निति–नियमहरुको पुर्ण पालना गरिनुपर्ने बताए ।
नियममा फुटकर तथा खिल्ली निकालेर बेच्न नपाइने चुरोट जताततै बेचिने गरेको कुरा मात्रै नियन्त्रण गर्न सके चुरोट सेवन न्युनिकरण हुने बताए । खुल्ला रुपमा चुरोट बेच्ने व्यापारीलाई ५हजार जरिवाना गर्ने कानुनि व्यवस्था छ । सुर्तिजन्य पदार्थ सेवनका नोक्सानीहरु बारे थाहा हुदाँहुदैँ जो कोहीले सेवन गर्ने गरेको स्वास्थ्य कार्यालय प्रमुख योगेश प्रसाद भट्टको भनाई छ । सुर्तिजन्य पदार्थको कभरमै सेवन गर्दा हुने नोक्सानीका विषयमा जानकारी दिने गरेको भएपनि बेवास्ता गरिएको उनले बताए । हरेक कार्यालयहरुमा सुर्तिजन्य पदार्थ सेवन न्युनिकरण सम्बन्धीका जनचेतनामूलक सन्देशमुलक सामग्री टास्नुपर्ने कार्यक्रम कार्यान्वयन नभएको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले स्थानिय स्तरबाट सुर्तिजन्य पदार्थ सेवन बिरुद्धको अभियान सञ्चालन गरिनुपर्ने धारणा व्यक्त गरे । उनले भने सबैभन्दा पहिला आफ्नो घरबाट व्यवहारमा प्रयोग गरौँ, त्यसपछी स्थानिय तह जागरुक भएर सुर्तीजन्य पर्दाथ सेवन न्युनिकरणको पहल थालौँ, त्यसपछी हामी जिल्ला स्तरमा नेतृत्व गर्न तयार छौँ, यस्तै उनले सबै ठाउँमा प्रहरी खटाएर अभियान सञ्चालन गर्नु असम्भव भएको बताए । सुर्तीजन्य पदार्थ न्युनिकरणका लागि बनेका कानुनहरुको उल्लंघन भएको उजुरी आएमा कारवाही गर्ने बैतडिका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले बताए । साथै उनले नजिकको प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गर्नुभयो । सुर्तिजन्य पदार्थ बिक्रिका लागि अलग्गै इजाजत पत्र लिनुपर्नेमा केहि व्यपारीले उक्त नियमको पालना गरेको उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टको भनाई छ । दैनिक छाकटार्ने आय स्रोत नभएका व्यक्तिको घरमा समेत अत्याधिक मात्रामा सुर्तिजन्य पदार्थ सेवन गर्ने स्थीती रहेकाले यसको न्युनिकरण गर्न जरुरी रहेको उपाध्यक्ष भट्टले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.